३. नवरात्रमा भक्तपुर मा विशेष रूपमा नौ दिन, नौ वटा शक्ति पीठहरू मा भव्य रूपमा शक्ति पूजाहरू भएको हुन्छ ।जुन सबैले हेर्न सक्ने मात्र नभई भाग लिन नै सक्दछन् । जसमा पहिलो दिन ब्रह्मायणी शक्ति पीठमा , दोस्रो दिन माहेश्वरी शक्ति पीठमा, तेस्रो दिन कौमारी शक्ति पीठमा, चौथो दिन भद्रकाली शक्ति पीठमा, पाँचौ दिन वाराही शक्ति पीठमा, छैटौँ दिन इन्द्रायणी शक्ति पीठमा, सातौँ दिन महाकाली शक्ति पीठ मा , आठौँ दिन महालक्ष्मी शक्ति पीठमा, र नवौँ दिन त्रिपुरा सुन्दरी शक्ति पीठ मा भक्तपुर को स्थानीय वासीहरू ले भव्य शक्ति पूजाहरू गरी भाग लिई रहेको पाइन्छ ।
४.. अर्कोतिर तलेजु भवानी मा मोहनी नख: भर विशेष पूजाहरू भइरहेको हुन्छ । तलेजुमा आश्विन शुक्ल पक्ष प्रतिपदा देखि त्रयोदशी सम्म मोहनी नख: पर्व मनाइआएको पाइन्छ ।
५. त्यस बाहेक मोहनी नख: भर भक्तजनहरू प्रातः काल मा शक्ति पीठहरू को तीर्थ स्थल मा गएर स्नान गरी शक्ति पीठहरू को दर्शन ढोग गरी उपासना गर्दछन् । मोहनी नख: को नवौँ दिन साँझपख नवदुर्गा भवानी को मन्दिर बाट ब्रह्मायणी शक्ति पीठ सम्म राँगो दौडाउने जात्रा पनि हुन्छ ।यसबारेमा अर्को मा चर्चा गरिने छ ।
६.. मोहनी नख: मा कुल घर घरमा गोप्य कोठामा हुने मोहनी शक्ति पूजाहरू र यसबाट प्राप्त शक्ति जसबाट मानिसहरू शक्तिमान भएर आफ्नू सङ्घर्षमय जीवन सफलताका साथ सङ्घर्ष गरी जिउन सक्षम हुन उपासना गर्दछन् ।
६.१. मोहनी नख: मा गोप्य कोठामा शक्ति प्राप्त गर्न तान्त्रिक विधि अनुसार शक्ति पूजाहरू गरिन्छन् ।
६.२. मोहनी नख: को दश दिन सम्म प्रत्येक दिन शक्ति पूजाहरू गरिन्छ ।हरेक दिन साँझपख धूपबत्ती दिने गरिन्छ ।
६.३. मोहनी नख: मा दश दिन सम्म शक्ति साधना गरी सिद्धि प्राप्त गर्न वा साधारण शक्ति प्राप्त गर्ने लक्ष राखेर गरिन्छ ।
६.४. तर आजको अवस्थामा आएर मोहनी नख: को खास तान्त्रिक शक्ति पूजाहरू चार विशेष दिनहरूमा मात्र भएको देखिन्छ ।
६.५. यसमा यो सुधार साधारण शक्ति पूजाहरू गरी मानिआएका हरूको लागि गरिएको प्रस्ट देखिन्छ ।यसबाट मानिसहरू ले सङ्घर्ष गरी साधारण जीवन सफलताका साथ जिउन पर्याप्त शक्ति प्राप्त गर्ने मान्यता छ ।
७. अब लागौँ यस शक्ति पूजाहरू बारेमा साधारण चर्चा गर्न जसबाट यस पूजाहरू को मूल लक्ष प्रस्ट हुन सक्तछ ।
७.१. मोहनी नख: मा मोहनी द्य पूजा आश्विन शुक्ल पक्ष प्रतिपदा ( कौलाथ्व पारू) बाट आश्विन शुक्ल पक्ष दशमी ( कौलाथ्व दशमी ) सम्म दश दिन सम्म गरिन्छ ।
७.२. भक्तपुर को नेवा समुदाय मा पनि मोहनी द्य पूजाहरू मा केही भिन्नताहरू देखिन्छन् । यस्तो देखिएता पनि नेवाहरू को तान्त्रिक पूजा विधिहरू र पूजा को उद्देश्यहरू वा अभिप्राय एकै जस्तो भएको हुनाले मूलतः फरक देखिँदैन ।अर्को कुरा नेवा दर्शन र सिद्धान्त एउटै भएको कारण पनि फरक कम देखिन्छ ।
७.३. यसको उदाहरण को लागि यी पाँच कुराहरू हेर्न सकिन्छ ।
७.४. यसमा तान्त्रिक पूजा विधिहरू अपनाएको हुनाले पन्च तत्वहरु को प्रतीक बस्तुहरू चढाएर पूजा गर्दा प्रायः मिल्न आउँछ । यस पूजा विधि मा प्रायः सबैले सम्मान पूजा, सत्कार पूजा, र शक्ति पूजाहरू गर्ने हुनाले धेरै फरक देखिँदैन ।
७.५. सम्मान पूजा अन्तर्गत पन्चतत्वहरु को प्रतीक पाँच बस्तुहरू चढाएर पूजा गर्दा साधारण त सबैले जल चढाउने, अबीर चाँवल चढाउने , र जजंका र फूलहरू चढाउने गरेकै देखिन्छ ।
७.६. सत्कार पूजा गर्दा पनि पन्चतत्वहरु को प्रतीक पाँच बस्तुहरू चढाएर पूजा गर्दा साधारण त धूपबत्ती बालेर चढाउने , फलफूल नैवेद्य रोटीहरू चढाउने र जलले छर्कने सबैबाट भएकै देखिन्छ ।
७.७. शक्ति पूजाहरू भन्दा एक साधारण समय्बजी जसमा चिउरा स्याबजि, भट्मास, जाड रक्सी , अदुवा र मासु रहेको हुन्छ । यसमा पनि पन्चतत्वहरु को प्रतीक बस्तुहरू चढाएर पूजा भएको पाइन्छ ।
७.८. शक्ति पूजाहरू मा दोस्रो पन्चमकार हो जसलाई ख्येसगं पनि भनिन्छ । यसमा मद्यको प्रतीक को रूपमा रक्सी , मांसको रूपमा मासु , मत्स्यको रूपमा माछा , मुद्राको प्रतीक को रूपमा बारा (वमरि) , र मैथुन को प्रतीक बस्तुको रूपमा अण्डा चढाइन्छ । यसलाई पशुवली चढाएको मान्यता दिएको पनि पाइन्छ ।
७.९. शक्ति पूजाहरू मा तेस्रो महत्त्वपूर्ण पशुवली चढाएर पूजा गर्दा शक्ति उत्पन्न हुन्छ भन्ने मान्यता छ । साधारण त तान्त्रिक पूजाहरू मा पशुवली चढाएर पूजा गर्नु अनिवार्य नै देखिन्छ ।
७.१०. शक्ति पूजाहरू मा चौथो महत्त्वपूर्ण पूजा पन्चबलि चढाएर पूजा गर्दा झनै शक्ति उत्पन्न हुन्छ भन्ने मान्यता छ । यसमा धेरै भिन्न भिन्न विचारहरू भएता पनि शास्त्रीय मान्यता यही हो ।
८. नवरात्रमा नौ शक्ति पीठहरू मा भव्य शक्ति पूजाहरू हुन्छन् । यसमा पाँच विशेष कुराहरू हेर्न पाइन्छ ।