मंगलबार , भाद्र ९, २०८३

मोहनी नख : भक्तपुर

तेस्रो कारण मोहनी नख: मा पूजाहरू गर्न घरको एउटा गोप्य कोठाको छनौट गरिन्छ । त्यस कोठामा यस नवरात्रको पूजा र साधना अवधिभर घरपरिवार सदस्यहरू बाहेक अन्य कसैलाई पनि पूजा कोठा भित्र प्रवेश गर्न निषेध छ । कारण यस कोठामा मोहनी द्य को शक्ति पूजाहरू भई शक्ति उत्पन्न हुन्छ र सो शक्ति को सदुपयोग भई घरपरिवारहरू सबै शक्तिमान हुने धारणा रहन्छ ।

image

मोहनी नख: मा भक्तपुर मा निकै चहलपहल रहन्छ । यसको बारेमा काफी चर्चा चलिरहेको पाइन्छ । त्यसकारण आज म त्यही भक्तपुरको मोहनी नख : को चहलपहल बारेमा चर्चा गर्न गइरहेको छु ।
१. मोहनी नख: मा मानिआएको र नवदुर्गा पूजा गरिआएको प्राय सबै देवीहरू लाई साधारण त मोहनी द्य : भनी मानिआएको पाइन्छ । यसो भन्दा मोहनी द्य भनेको पनि उनै आगंद्य नै हुन् भनेको पनि सुनिन्छ । आगंद्य भनेको स्थानीय बोलिचाली मा कुलदेवता नै हुन । यसरी हामी ले मानिआएको मोहनी द्य उनै आगंद्य हुन भन्न सकिन्छ । यहाँ हामी ले खाली मोहनी शक्ति सजिलो प्रदान गर्ने श्रोत को रूपमा देवीहरू लाई लिएका छौँ ।यसरी मोहनी द्य पूजा पनि पाँच कुलदेवता पूजाहरू ( आगंद्य, देगुद्य, शक्ति पीठहरू, मोहनी द्य , र स्वस्थानी परमेश्वरी को स्वाध्याय ) मध्येको एक मानिआएका छौ ।
१.१. यसबाट यस पर्वलाई किन मोहनी नख: भनियो भन्ने कुरा प्रस्ट हुन आउँछ ! यसमा यी तीन कारणहरू भएर भनिएको हो भनेर सजिलै भन्न सकिन्छ ।

१.२. एउटा कारण यस मोहनी नख: को पूजाहरू मा मोहनी थाप्ने र सो मोहनी टीका/ कालो टीका बाट शक्ति प्रदान हुने वा यो टीका लगाउँदा शक्ति प्राप्त हुने जनविश्वास छ ।यही मोहनी टीका प्रसाद को रूपमा ग्रहण गर्ने प्रचलन भएको कारण पनि यसको नाम मोहनी नख: भएको भन्न सकिन्छ ।

१.३. दोस्रो कारण यसमा पूजा गरिने आगंद्य लाई मोहनी द्य को नामबाट पुकारिने र यसबाट उत्पन्न भएको मोहनी शक्ति मोहनी टीका मा प्राप्त हुने र त्यो मोहनी टीका प्रसाद को रूपमा ग्रहण गर्दा शक्ति पाउने मान्यता छ ।

१.४. हाम्रो शास्त्र अनुसार यस ब्रह्माण्ड संसारको सृष्टि हुँदा पनि श्री महामाया द्वारा अति चम्किलो प्रकाशयुक्त र शक्तियुक्त अति सूक्ष्म कणहरू सृष्टि गरी जगसंसारको सृष्टि सोही ब्रह्म तत्त्व द्वारा गर्नु भएको थियो भन्ने उल्लेख भएको छ । ती कणहरू अति सूक्ष्म भएको कारण हामीले देख्न र हेर्न सक्दैनौ , शून्यता मा रहेको भनिन्छ । यो कालो टीका जसलाई हामी मोहनी टीका प्रसाद को रूपमा ग्रहण गर्दछौ त्यो पनि मोहनी द्य को शक्ति समावेश भएको प्रसाद नै हो ।त्यस कारण सो मोहनी टीका लगाइदिने प्रचलन रहेको पर्व भएको कारण पनि मोहनी नख: भनेको देखिन्छ ।

१.५. तेस्रो कारण मोहनी नख: मा पूजाहरू गर्न घरको एउटा गोप्य कोठाको छनौट गरिन्छ । त्यस कोठामा यस नवरात्रको पूजा र साधना अवधिभर घरपरिवार सदस्यहरू बाहेक अन्य कसैलाई पनि पूजा कोठा भित्र प्रवेश गर्न निषेध छ । कारण यस कोठामा मोहनी द्य को शक्ति पूजाहरू भई शक्ति उत्पन्न हुन्छ र सो शक्ति को सदुपयोग भई घरपरिवारहरू सबै शक्तिमान हुने धारणा रहन्छ । यसरी शक्तिमान भएर जीवन मा सङ्घर्ष गरी जिउन सक्षम हुने लक्ष लिएको पाइन्छ । यहाँ सम्मकी यसरी उत्पन्न भएको शक्ति आफूले काम गर्ने औजारहरू, ज्याबलहरू , र हतियारहरूमा पनि उपलब्ध होस भनेर अष्टमी को दिन सो पूजा कोठामा लगेर राख्दछन् । यसरी राख्दा शक्ति प्राप्त गर्दछन् भन्ने धारणा छ ।
यी सबै कारणहरूबाट मोहनी नख: नाम रहेको प्रस्ट हुन्छ ।

२.. आज म यस मोहनी नख: भक्तपुर मा कसरी मनाउँछन् र के कस्तो चहलपहल रहन्छ त्यस बारेमा चर्चा गर्न गइरहेको छु । पहिलो कुरा भक्तपुर मा मनाउने मोहनी नख: सबैले सजिलै सँग प्रस्ट रूपमा हेर्न देख्न सक्दछन् । यहाँ मुख्य तीन प्रकार को शक्ति पूजाहरू भइआएको प्रस्ट रूपमा हेर्न देख्न पाइन्छ ।

२.१. सबभन्दा पहिलो र महत्त्वपूर्ण मोहनी द्य को शक्ति पूजाहरू नै हुन् । सबै छरिएर बसेको घरपरिवारहरू मूल घरमा जम्मा भएर मिलेर घर घरमा आ-आफ्नो गोप्य कोठाहरू मा मोहनी द्य को शक्ति पूजाहरू भइरहेको हुन्छ ।यो पूजा दश दिन सम्म नै गर्ने प्रचलन छ ।तर यसमा चार खास पूजाहरू हुने दिनहरू छन् ।
ती हुन् :-
२.२. न:लासनेगु पूजा ( जमरा राख्ने दिन को पूजा ) लाई खास यी तीन कुराहरू ले गर्दा मानिन्छ। एक सो दिन बिहानै नदी खोला मा गएर स्नान गरी च्वखो बालुवा ल्याएर भ्यगतमा राखेर जौ छर्ने काम हुन्छ जसलाई जमरा राख्ने भनिन्छ । दोस्रो सो दिन मुख्य देवीको रूपमा आगंद्य र अन्य देवी देवताहरू लाई पाहुना देवताको रूपमा स्थापित गरिन्छ ।तर यसमा कलश खड्ग आदि राख्ने चलन पनि छ । नेवा समुदाय मा यो स्वतन्त्र रूपमा भइआएको छ । तेस्रो सोही दिन पूजा को लागि सबै सामाग्रीहरू यथा स्थान र यथा दिशामा राखिन्छ । यसमा तान्त्रिक शक्ति पूजाहरू को लागि आवश्यक सबै पूजा सामग्रीहरू अनिवार्य रूपमा राखिन्छन् । चौथो सोही दिन देखि मोहनी द्य पूजा पनि सुरु गरिन्छ । यसकारण यो दिन खास दिन मानिन्छ ।

२.३. दोस्रो थापं पूजा ( महाअष्टमी पूजा ) को दिनलाई खास दिन मानिन्छ । यसको पनि तीन कारणहरू छन् ।
पहिलो कारण यस दिन मोहनी थाप्ने काम हुन्छ ।यस दिन खास शक्ति पूजाहरू हुन्छन् । दोस्रो कारण यस दिनमा हतियारहरू , औजारहरू, ज्याबलहरू , आदि पूजा कोठामा शक्ति दिलाउन राख्ने काम हुन्छ । तेस्रो कारण सोही दिन उखुको बोट , अदुवा को बोट , कुभिन्डो भूईफसि ,आदि कुराहरू पूजा कोठामा राखिन्छ । अझ सबभन्दा महत्त्वपूर्ण कुरा सोही दिन को साँझपख सबै कुल घर परिवारहरू जम्मा भएर ज्येष्ठता अनुसार क्रमबद्ध रूपमा लाइन लगाएर बसेर भोज खाने गर्दछन् जसलाई कुलछिं भ्वय् ( कुछि भ्वय् ) भनिन्छ ।
यसकारण सो दिन लाई खास दिन को रूपमा हेरिन्छ ।

२.४. तेस्रो खास दिन स्याक्व त्याक्वको दिन को पूजा ( महानवमी पूजा ) लाई लिइन्छ । यो दिन पनि खास तीन कारणहरू ले गर्दा मानिन्छ । पहिलो कारण सो दिन को शक्ति पूजाहरू मा विशेष पशुवली चढाएर विशेष पूजाहरू गरिन्छ । दोस्रो कारण भनिन्छ सो दिन मोहनी द्य पूजा गर्ने पुजारी ले आफ्नू आत्मा समेत सम्पूर्ण कुराहरू अर्पण गरी पूजा गर्छन् । तेस्रो कारण सोही दिन घर वरिपरि रहेका सबै देवीहरू मा जमरा समेत राखेर पूजा पठाइन्छ । सो दिन भोज खाएर रमाउने पनि गरिन्छ । त्यस कारण यस दिनको पूजाहरू खास रहन्छ ।

२.५. चौथो खास दिन चालं पूजा को दिन हो । यो दिन खास हुनुमा यी तीन कारणहरू छन् । एक सो दिन पुजारी मोहनी द्य मा सम्पूर्ण समर्पण भाव ले लिन रहन्छ ।यसपछि मोहनी द्य पूजा विसर्जन भएको मानिन्छ । दोस्रो सो दिन को पूजा मा ख्येसगं को विशेष महत्त्व रहन्छन् । कारण सो दिन मोहनी द्य लाई ख्येसगं विशेष रूपमा चढाइन्छ र सोही प्रसाद घरपरिवार सदस्यहरू लाई ख्येसगं को प्रसाद को रूपमा बाँधिन्छ । तेस्रो कारण सो दिन खड्ग जात्रा ( पायो निकाल्ने ) गरिन्छ ।सोही दिन साँझ सिकाभू भोज गरिन्छ । यो पनि ज्यादै महत्त्वपूर्ण हुन्छ ।

३. नवरात्रमा भक्तपुर मा विशेष रूपमा नौ दिन, नौ वटा शक्ति पीठहरू मा भव्य रूपमा शक्ति पूजाहरू भएको हुन्छ ।जुन सबैले हेर्न सक्ने मात्र नभई भाग लिन नै सक्दछन् । जसमा पहिलो दिन ब्रह्मायणी शक्ति पीठमा , दोस्रो दिन माहेश्वरी शक्ति पीठमा, तेस्रो दिन कौमारी शक्ति पीठमा, चौथो दिन भद्रकाली शक्ति पीठमा, पाँचौ दिन वाराही शक्ति पीठमा, छैटौँ दिन इन्द्रायणी शक्ति पीठमा, सातौँ दिन महाकाली शक्ति पीठ मा , आठौँ दिन महालक्ष्मी शक्ति पीठमा, र नवौँ दिन त्रिपुरा सुन्दरी शक्ति पीठ मा भक्तपुर को स्थानीय वासीहरू ले भव्य शक्ति पूजाहरू गरी भाग लिई रहेको पाइन्छ ।

४.. अर्कोतिर तलेजु भवानी मा मोहनी नख: भर विशेष पूजाहरू भइरहेको हुन्छ । तलेजुमा आश्विन शुक्ल पक्ष प्रतिपदा देखि त्रयोदशी सम्म मोहनी नख: पर्व मनाइआएको पाइन्छ ।

५. त्यस बाहेक मोहनी नख: भर भक्तजनहरू प्रातः काल मा शक्ति पीठहरू को तीर्थ स्थल मा गएर स्नान गरी शक्ति पीठहरू को दर्शन ढोग गरी उपासना गर्दछन् । मोहनी नख: को नवौँ दिन साँझपख नवदुर्गा भवानी को मन्दिर बाट ब्रह्मायणी शक्ति पीठ सम्म राँगो दौडाउने जात्रा पनि हुन्छ ।यसबारेमा अर्को मा चर्चा गरिने छ ।

६.. मोहनी नख: मा कुल घर घरमा गोप्य कोठामा हुने मोहनी शक्ति पूजाहरू र यसबाट प्राप्त शक्ति जसबाट मानिसहरू शक्तिमान भएर आफ्नू सङ्घर्षमय जीवन सफलताका साथ सङ्घर्ष गरी जिउन सक्षम हुन उपासना गर्दछन् ।

६.१. मोहनी नख: मा गोप्य कोठामा शक्ति प्राप्त गर्न तान्त्रिक विधि अनुसार शक्ति पूजाहरू गरिन्छन् ।

६.२. मोहनी नख: को दश दिन सम्म प्रत्येक दिन शक्ति पूजाहरू गरिन्छ ।हरेक दिन साँझपख धूपबत्ती दिने गरिन्छ ।

६.३. मोहनी नख: मा दश दिन सम्म शक्ति साधना गरी सिद्धि प्राप्त गर्न वा साधारण शक्ति प्राप्त गर्ने लक्ष राखेर गरिन्छ ।

६.४. तर आजको अवस्थामा आएर मोहनी नख: को खास तान्त्रिक शक्ति पूजाहरू चार विशेष दिनहरूमा मात्र भएको देखिन्छ ।

६.५. यसमा यो सुधार साधारण शक्ति पूजाहरू गरी मानिआएका हरूको लागि गरिएको प्रस्ट देखिन्छ ।यसबाट मानिसहरू ले सङ्घर्ष गरी साधारण जीवन सफलताका साथ जिउन पर्याप्त शक्ति प्राप्त गर्ने मान्यता छ ।

७. अब लागौँ यस शक्ति पूजाहरू बारेमा साधारण चर्चा गर्न जसबाट यस पूजाहरू को मूल लक्ष प्रस्ट हुन सक्तछ ।

७.१. मोहनी नख: मा मोहनी द्य पूजा आश्विन शुक्ल पक्ष प्रतिपदा ( कौलाथ्व पारू) बाट आश्विन शुक्ल पक्ष दशमी ( कौलाथ्व दशमी ) सम्म दश दिन सम्म गरिन्छ ।

७.२. भक्तपुर को नेवा समुदाय मा पनि मोहनी द्य पूजाहरू मा केही भिन्नताहरू देखिन्छन् । यस्तो देखिएता पनि नेवाहरू को तान्त्रिक पूजा विधिहरू र पूजा को उद्देश्यहरू वा अभिप्राय एकै जस्तो भएको हुनाले मूलतः फरक देखिँदैन ।अर्को कुरा नेवा दर्शन र सिद्धान्त एउटै भएको कारण पनि फरक कम देखिन्छ ।

७.३. यसको उदाहरण को लागि यी पाँच कुराहरू हेर्न सकिन्छ ।

७.४. यसमा तान्त्रिक पूजा विधिहरू अपनाएको हुनाले पन्च तत्वहरु को प्रतीक बस्तुहरू चढाएर पूजा गर्दा प्रायः मिल्न आउँछ । यस पूजा विधि मा प्रायः सबैले सम्मान पूजा, सत्कार पूजा, र शक्ति पूजाहरू गर्ने हुनाले धेरै फरक देखिँदैन ।

७.५. सम्मान पूजा अन्तर्गत पन्चतत्वहरु को प्रतीक पाँच बस्तुहरू चढाएर पूजा गर्दा साधारण त सबैले जल चढाउने, अबीर चाँवल चढाउने , र जजंका र फूलहरू चढाउने गरेकै देखिन्छ ।

७.६. सत्कार पूजा गर्दा पनि पन्चतत्वहरु को प्रतीक पाँच बस्तुहरू चढाएर पूजा गर्दा साधारण त धूपबत्ती बालेर चढाउने , फलफूल नैवेद्य रोटीहरू चढाउने र जलले छर्कने सबैबाट भएकै देखिन्छ ।

७.७. शक्ति पूजाहरू भन्दा एक साधारण समय्बजी जसमा चिउरा स्याबजि, भट्मास, जाड रक्सी , अदुवा र मासु रहेको हुन्छ । यसमा पनि पन्चतत्वहरु को प्रतीक बस्तुहरू चढाएर पूजा भएको पाइन्छ ।

७.८. शक्ति पूजाहरू मा दोस्रो पन्चमकार हो जसलाई ख्येसगं पनि भनिन्छ । यसमा मद्यको प्रतीक को रूपमा रक्सी , मांसको रूपमा मासु , मत्स्यको रूपमा माछा , मुद्राको प्रतीक को रूपमा बारा (वमरि) , र मैथुन को प्रतीक बस्तुको रूपमा अण्डा चढाइन्छ । यसलाई पशुवली चढाएको मान्यता दिएको पनि पाइन्छ ।

७.९. शक्ति पूजाहरू मा तेस्रो महत्त्वपूर्ण पशुवली चढाएर पूजा गर्दा शक्ति उत्पन्न हुन्छ भन्ने मान्यता छ । साधारण त तान्त्रिक पूजाहरू मा पशुवली चढाएर पूजा गर्नु अनिवार्य नै देखिन्छ ।

७.१०. शक्ति पूजाहरू मा चौथो महत्त्वपूर्ण पूजा पन्चबलि चढाएर पूजा गर्दा झनै शक्ति उत्पन्न हुन्छ भन्ने मान्यता छ । यसमा धेरै भिन्न भिन्न विचारहरू भएता पनि शास्त्रीय मान्यता यही हो ।

८. नवरात्रमा नौ शक्ति पीठहरू मा भव्य शक्ति पूजाहरू हुन्छन् । यसमा पाँच विशेष कुराहरू हेर्न पाइन्छ ।
८.१. नवरात्रमा नौ अलग-अलग शक्ति पीठहरू मा वहाँहरूको विशेष दिन अनुसार भव्य शक्ति पूजाहरू भइरहेको हुन्छ । पहिलो दिन ब्रह्मायणी शक्ति पीठमा , दोस्रो दिन माहेश्वरी शक्ति पीठमा ,तेस्रो दिन कौमारी शक्ति पीठमा , चौथो दिन भद्रकाली शक्ति पीठमा , पाँचौ दिन वाराही शक्ति पीठमा छैटौँ दिन इन्द्रायणी शक्ति पीठमा , सातौँ दिन महाकाली शक्ति पीठमा , आठौँ दिन महालक्ष्मी शक्ति पीठमा , र नवौँ दिन त्रिपुरा सुन्दरी शक्ति पीठमा भव्य शक्ति पूजाहरू भइरहेको पाइन्छ ।

८.२. सो दिन सम्बन्धित द्यो को द्योछें बाट त्यहाँ रहेको विशेष मूर्ति लाई निकालेर ल्याएर बाजागाजाको साथ सम्बन्धित शक्ति पीठमा सिँगारेर राख्दछन् ।

८.३. यसरी द्योछें बाट मूर्ति ल्याएर सिँगारेर राखेपछि भव्य शक्ति पूजाहरू हुन्छन् र शक्ति उत्पन्न भएको मान्यता राख्दछन् ।

८.४. त्यसबेला सो शक्ति पीठमा त्यहाँ स्थापित पीठ को साथ साथै द्योछेंको मूर्ति पनि भएको अवस्था हुन्छ ।

८.५. यस अवस्थामा द्योछेंको मूर्ति को पनि पुनर्जागरण वा जागृत हुन्छ भन्ने विश्वास जनमानसमा रहेको छ ।

८.६. यस्तो अवस्थामा सर्वसाधारण स्थानीयवासीहरू शक्ति पीठमा पूजाहरू गर्न जाँदा शक्ति प्राप्त हुन्छ भन्ने विश्वास राख्दछन् । साथै सो पूजाहरू मा देवीलाई सुरक्षा प्रदान गरेकोमा धन्यवाद दिन पनि बिर्सँदैनन् ।

८.७. भनिन्छ सो समयमा स्थानीय वासीहरू ले चाहेमा आफ्नू पूजा कोठामा राख्न मूर्ति वा साधारण पीठ आकारको ढुङ्गालाई पनि जागृत गराएर लान सक्तछ ।

८.८. यो भव्य पूजाहरू सम्पन्न भई सो दिनको दर्शन ढोग कार्य पनि सिद्धिए पछि द्योछें बाट लगेको मूर्ति द्योछेंमानै बाजागाजाका साथ फिर्ता ल्याउँछन् ।

८.९. सो दिन शक्ति पीठहरू को परिसरमा विभिन्न समूहहरू बाट विभिन्न क्रियाकलापहरू पनि भएको देख्न सकिन्छ ।

८.१०. यसरी नौ दिन सम्म नौ वटा शक्ति पीठहरू मा भव्य शक्ति पूजाहरू भई मेला नै लाग्ने यो भक्तपुरको आफ्नै मौलिक परम्परा हो । यसले गर्दा पनि यहाँको मोहनी नख: मा चहलपहल बढेको देखिन्छ ।
मोहनी नख: को शुभकामना !

सम्बन्धित समाचार