acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो । नेपालका किसान संघ-संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् । १५ वर्षअघि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।
नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छअसार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ ।
धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैकाे ध्यान किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ ।
असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् । त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ ।
अहिले कृषि छाडेर जहाँ भए पनि हामीमध्ये धेरैको मानसपटमा वालापन वा युवा अवस्थाका मीठा सम्झनाहरु नविर्सने गरी रहेका छन् । त्यो दिन दहि र चिउरा नखाएको, हिलोमा नखेलेको या रोपाई गीत नगाएको हामीमध्ये कमै हुनुपर्छ । त्यसैले त कृषकहरुको बाहुल्यता भएको नेपालमा अझै पनि असार १५ को रौनकता र चर्चा किसानमा मात्र सीमीत नभई सम्पूर्ण नेपालीमा छाउने गरेको छ ।
तर, समय परिवर्तन भएको छ । त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ । खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ । खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ । धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ ।
जलवायु परिवर्तनका कारण हाम्रो वर्षा असार १५ कै आसपारमा सुरु हुनुभन्दा पनि केहि अघि वा पछि सरेको छ । महत्वपूर्ण रहेको असार १५को दिनले पनि धेरै उकाली र ओराली बेहोर्दै छ । अझ हाम्रो मुख्य खाद्य वाली धानखेतिसँग जोडिएका चुनौतिहरुको त पहाड नै बनेको छ ।
अहिले पनि असार १५ को चर्चा गरिरहँदा विभिन्न जिल्लामा भइरहेको मल, विउ तथा सिंचाइको अभावका बारे पनि ध्यान जान सकेको छैन ।