शुक्रबार , अषोज १४, २०७९

पाटनको विशाल ढुंगाको स्तम्भ जयप्रकाश मल्लले तीन टुक्रा पारेका थिए

राजा जयप्रकाश मल्लले पाटनमा रहेको तीन टुक्रा स्तम्भमध्ये एक टुक्रा हनुमानढोकामा र एक टुक्रा भादगाउँ दरबारअगाडि पुर्याए । त्यसपछि उक्त दुवै स्तम्भ खडा गरि भादगाउँकोमा राजा भूपतेन्द्र मल्ल र  काठमाडौँमा रहेको स्तम्भमा प्रताप मल्लको शालिक राखियो ।

image

  • वासु पासा

एउटा दरबारभित्र जे छ, त्यही अर्काको दरबारमा हुनु नै पर्छ भन्ने मल्ल राजाहरूको भावना थियो । तर, ढुंगाको स्तम्भ एउटा मात्र थियो- पाटन राजदरबारअगाडि । यसले गर्दा उपत्यकाका चारैतिरबाट देखिने ढुंगाको स्तम्भ कान्तिपुरका राजा जयप्रकाश मल्ल र भादगाउँका राजा रणजित मल्लका आँखामा पर्न गयो । जसरी भए पनि उक्त स्तम्भ हासिल गरी तीन टुक्रा पारेर एक टुक्रा भादगाउँमा र अर्को कान्तिपुरमा स्थापना गर्ने मनासय बनाउँछन् । सो कार्यका लागि उक्त स्तम्भ लडाउनुपर्ने अक्कलमा दुवैको एक मत हुन्छ । 

जयप्रकाश मल्लका दरबारमा एक विद्वान् चलाक माननीय घर नाम गरेका एकजना इन्जिनियर मानन्धर थिए । त्यस सम्बन्धमा राजा जयप्रकाश मल्लले आफ्नो इन्जिनियर माननीय घरलाई जिम्मा दी उक्त कार्य सफल भएमा उनलाई ठुलो धनराशी दिने र सम्मानसमेत गर्ने आश्वासन दिए । निजि घरले पाटन राजदरबारभित्र रहेका आफ्ना ससुरासँग सल्लाह गर्न गुप्त निमन्त्रणा पठाए । मान-सम्मान र खान पुग्नेगरि सम्पत्ति दिने भए उक्त स्तम्भ ढलाइदिने आश्वासन दुई कान्तिपुर पठाए । त्यसपछीका दिनका दिन माननीय का ससुरा सबेरै एउटा रूमाल काँधमा राखी शंखमूल गई मुख धोई त्यहाँबाट पाटन राजदरबारअगाडिको त्यो विशाल स्तम्भमा एकछिन कान बिसाई केहि सुनेझैँ गर्न थाले । यो कर्म दिनका दिन त्यसै गर्दै गएपछी एक दिन पाटनका राजा तेजनरसिंह मल्लले उनलाई बोलाइ, “होइन, त्यो खम्बामा सधैँ बिहान तिमीले कान बिसाई के सुनेको ?” भनि सोधे । 

‘खम्बाभित्र कीरा लागेछ, कति खायो होला भनि अन्दाज गरेको ।’

‘ढुंगाभित्र पनि कीरा लाग्न सक्छ ?”

“कीरा नलाग्ने भए, पहाडबाट ठूला-थूलाधुन्गा कहिलेकाहीं कसरी तल झर्छन् ? केहि भएर यो ढुंगाको खम्बा कीराले खाई ढलाइदियो भने ? पूर्वतिर ढल्यो भने दरबार, ऊतरतिर ढल्यो भने कृष्ण मन्दिर र मानिस हिंड्दा-हिंड्दै बाटोतिर ढल्यो भने प्रजाको नाश ।’ भनि वल्टाई-पल्टाई टी बाठा माननीय घरले सम्झाएपछी राजा तेजनरसिंह मल्ल यस विशाल पाषाणस्तम्भलाई ढलाउनु भन्न बाध्य भए । 

‘उसो भए ढाल न त’ भन्ने आज्ञा राजाबाट प्राप्त भयो । 

उक्त खम्बा ढलेपछि ‘तीन टुक्रा हुने हिसाबले दुई ठाउँमा ठूलठूला ढुंगा राखे र स्तम्भ वरिपरी खन्नलाई चारैतिर टेवाहरू राख्न लगाए । स्तम्भलाई ठूलो लामो डोरीले बाँधी जतातिर दुई ढुंगा राखिएको  हह, त्यतैतिर ढल्ने गरि तान्न लगाई लडाउँदा टी दुईटै ढुंगामा ठक्कर खाई स्तम्भ तीन टुक्रा भई ठूलो आवाजका साथ् लड्यो । 

खम्बा लड्नासाथ् राजा तेजनरसिंह मल्ललै थाहै नपाउने गरि उनका इन्जिनियर मानन्धर कान्तिपुरतिर सुइकुच्चा ठोके । उनले आफ्ना परिवार र धनमाल पहिले नै ज्वाइँको घर काठमाडौँ पुर्याइसकेका थिए । 

खम्बा ढलेपछि कहाँनिर कीराले खाएको रहेछ भनी हेर्न जाँदा कीराले कतै कहेको देखेनन् । स्तम्भ तीन टुरका भएको देखी राजाले दरबारका इन्जिनियरलाई बोलाउन पठाउँदा उनको घरमा त न कोही छ, न त उनको धनमाल नै । घर खाली गरी मानन्धर कान्तिपुर भागिसकेको कुरा राजामा बिन्ती गरेपछि ‘सात सय साल्मीको नौ सय झेल, लौ त्यो साल्मीलाई पेल ।’ भनी रिसाएर पाटनमा रहेका सम्पूर्ण मानन्धरहरूलाई राजा तेजनरसिंह मल्लले आफ्नो राज्यबाट निकालिदिए । ती निकालिएका मानन्धरहरूलाई राजा जयप्रकाश मल्लले कीर्तिपुरका राजा ज्ञानराजा मल्लसँग अनुरोध गरि त्यहीं बस्न पठाए । 

कीर्तिपुरका राजा ज्ञानप्रजा मल्लले कसैले एक व्यक्तिको दोषमा उसको सम्पूर्ण जातिलाई नै अपराधी ठान्नुहुन् भनी सोचे । त्यस्ता निकालिएका निरपराध व्यक्तिलाई बास दिनु पनि धर्म हुन्छ भनी कीर्तिपुर सागालमा रहेको जमिनमा घर बनाएर राख्ने प्रबन्ध मिलाए । 

दुई-तीन वर्षसम्म तीन टुक्रा स्तम्भ त्यसै त्यहाँ लडेरै रह्यो । टी टुक्रा देख्नासाथ राजा तेजनरसिंहको अनुहारमा खिन्नपना देखिने गर्दथ्यो । भोटो देखाउने दिनमा ‘हेर्न जाऔँ’ भनी एक दिन राजा जयप्रकाश मल्लले राजा रणजित मल्ललाई लिई राजा तेजनरसिंह मल्लका दरबारमा पुगे । 

तीनैजना राजाहरू पाटन दरबारबाट बाहिर आउँदा राजा तेजनरसिंह मल्लले उक्त तीन टुक्रा स्तम्भ देख्नासाथ् अनुहार बिगारिहाले । त्यसै समयमा राजा रणजित मल्लले, ‘होइन, यो तीन टुक्रा के गरेर यहाँ राखेको नफ्याँकी’ भने । राजा तेजनरसिहले आफ्नो अनुहार बिगार्दै ‘जयप्रकाशले नै हटाउलान् नि’ भने । त्यसो भन्नासाथ छट्टु जयप्रकाश मल्लले राजा तेजनरसिंह सामू गई हात जोड्दै ‘हुन्छ’ भने । त्यसपछि राजा तेजनरसिंहले फूर्तिका साथ् ‘लौ यहाँबाट चाँडै हटाउनू’ भनी दुवै राजाहरूलाई पनि आफ्नासाथ् लिई भोटो हेर्न गए । 

त्यसको केहि दिनमै राजा जयप्रकाश मल्लले पाटनमा रहेको तीन टुक्रा स्तम्भमध्ये एक टुक्रा हनुमानढोकामा र एक टुक्रा भादगाउँ दरबारअगाडि पुर्याए । त्यसपछि उक्त दुवै स्तम्भ खडा गरि भादगाउँकोमा राजा भूपतेन्द्र मल्ल र  काठमाडौँमा रहेको स्तम्भमा प्रताप मल्लको शालिक राखियो । यो कुरा थाहा पाएपछी पाटनका राजा तेजनरसिंह मल्लले पनि बाध्यतावश बाँकी रहेको एक टुक्रा खम्बामा आफ्नै शालिक राख्न लगाए । (कान्तिपुर, वासु पासा)

Tags:

सम्बन्धित समाचार