hacklink betebet betebet giriş betebet mobil interbahis interbahis giriş interbahis mobil vidobet güncel vidobet giriş vidobet vidobet güncel giriş piabet vidobet vidobet giriş piabet giriş vidobet güncel vidobet güncel giriş piabet mobil zirvebet zirvet giriş zirvebet güncel portobet zirvebet güncel giriş portobet giriş portobet mobil anadoluslot anadoluslot giriş anadoluslot güncel anadoluslot güncel giriş milosbet galabet milosbet giriş galabet giriş milosbet güncel galabet mobil milosbet güncel giriş interbahis betasus interbahis giriş betasus giriş betasus güncel interbahis mobil betasus güncel giriş vidobet vidobet giriş vidobet güncel giriş vidobet güncel betebet betebet giriş betebet mobil kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal kingroyal giriş kingroyal mobil betparagon betparagon giriş betparagon güncel giriş betparagon betparagon giriş betparagon güncel giriş vevobahis vevobahis giriş vevobahis güncel vevobahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş meybet meybet giriş meybet güncel giriş meybet mobil casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş betasus betasus giriş betasus güncel betasus güncel giriş piabet piabet giriş piabet güncel giriş piabet güncel betlike betlike giriş betlike güncel betlike güncel giriş casinovale casinovale giriş casinovale güncel casinovale güncel giriş kingroyal kingroyal giriş kingroyal güncel kingroyal güncel giriş interbahis interbahis giriş interbahis güncel interbahis güncel giriş jojobet jojobet giriş jojobet güncel jojobet güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres wbahis wbahis giriş wbahis güncel wbahis güncel giriş kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres kingroyal kingroyal giriş kingroyal güncel giriş kingroyal mobil adres casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş vidobet vidobet giriş vidobet güncel vidobet güncel giriş idata betasus betasus giriş betasus güncel giriş betasus güncel giriş casinolevant casinolevant giriş casinolevant güncel casinolevant güncel giriş orisbet orisbet giriş orisbet güncel orisbet güncel giriş interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil interbahis interbahis giriş interbahis güncel giriş interbahis mobil

शनिबार , फागुण २३, २०८२

असनको माछा “असं या न्यालोहं”

image

दैनिक हजारौ ब्यक्ती असनको चोकबाट चारैतिरको गल्लीमा छिर्ने गर्छन् । यो असन बजार हिजो आज शुरू भएको बजार होइन । आठसय बर्ष भन्दा पहिले देखी नै यस ठाउँमा बजार लाग्ने गर्थ्यो । भनिन्छ यो बजारमा खोज्न जान्यो भने सबै थोक पाइन्छ ।

असं (असन) नाम रहनुका पछाडि दुइवटा किंवदन्ती छ ।

 पहिलो

परापूर्वकाल देखि नै ठिमी भक्तपुरबाट किसानहरुले बिभिन्न खाद्य सामग्रीहरु बोकेर असनमा ल्याइ बिक्रि वितरण गर्दथे । यस्तैमा एक दिन ठिमीका एक ब्यापारीले बाँसको नोलमा चामल बोकेर अलि पर एक छेउमा बिसाए । तर त्यो चामल उनले बिक्री गर्न पाएनन् । किनकी उनले जहाँ भारी बिसाएका थिए, त्यहाँबाट हलचल गर्न नै सकेनन् । राती किसान थकित मुद्रामा फर्केर ठिमीमा रहेको आफ्नो घर पुगे । थकित र निराश अनुहार तथा भारी वा पैसा केही पनि नदेखे पछि श्रीमतीले सोधिछन् खोई के भयो ? खै चामल ? किसानले डर र आत्तिएर अनसं भनेछ । नेवारीमा अनसं भनेको त्यहीं हो । साथै श्रीमतीलाई चामल ल्याउन नसकेकोको कारण सबै बेलीबिस्तार लगाएछन् ।

उनले अनसं भने पनि परिवारलाई विश्वास नलागेर भोलिपल्ट बिहानै परिवार नै आएर भारी उठाउन खोजेछ । यसरी निकै प्रयास गर्दा पनि चामलको भारी उचाल्नै नसके पछि भुतप्रेत वा पिशाचको शक्ति होला भनेर तान्त्रिक देखाउँदा अन्नपूर्ण देवी जमिनमा भएकोले यस्तो भएको हो यहाँ देवीको पूजा गर्नुपर्छ भने । यसपछि किसानले केही चामल त्यही भुइमा चढाएर क्षमा मागेछ । यति गरेपछि चामलको भारी उठाउन सकिने भएछ । चामल उठाउन सकिए पछि दिनभर बेचेर फर्कएछ । भोलिपल्ट देखि सबैले आफूले ल्याएको अन्न अलिकति अजिमालाई सम्झेर चढाएर मात्रै ब्यापार गर्न थालेछ । यसरी अजिमालाई चढाए पछि बेच्न ल्याएको अन्न छिट्टै बिक्री हुने तथा नाफा पनि आउन थाले पछि यहाँ ब्यापार गर्न आउनेहरु क्रमश बढ्न थालेछ । यो ठाउ प्रमुख ब्यापारिक केन्द्र नै बनेछ । पछि यसै ठाउँमा भुलु अजिमा अन्नपूर्णको मन्दिर बनाइयो । यहि अनसं नै अप्रभंस हुँदै असं भएको भन्ने कथा प्रचलित छ ।

 असन नाम रहनुको पछाडि दोश्रो किंवदन्ती पनि प्रचलित छ । त्यो किंवदन्ती अगाडि यो कथा गाँसिन्छ ।

परापूर्वकालमा काठमाडौ उपत्यकामा एक दिव्य माछा आकाशबाट खस्ने तथा त्यस माछालाई जीवित नै बचाउन सकिएन भने अनिष्ट हुने भविष्यवाणी ज्योतिषहरुले गरेछ । यस किसिमको अनिष्ट जोगाउन माछा खस्ने ठाउँमा पोखरी हुनुपर्ने हुँदा राजज्योतिषलाई दिव्य माछा खस्ने सहि ठाउँ ज्योतिषीय गणनाबाट पत्ता लगाउन निर्देशन दिए पछि राजज्योतिषले माछा खस्ने ठाउँ टुँडिखेल रहेको भन्दै त्यहाँ ठूलो १०० हात लम्बाइ र ६० हात चौडाइको पोखरी बनाउन लगाएछ ।

यसरी पुखु तैयार भए पछि माछा पानीमा खसेर जिउँदै रहने भन्दै राजा तथा जनताहरु ढुक्क भएछ । यस्तैमा एक दिन युवा ज्योतिष घुम्दै उपत्यका पुग्दा नयाँ पोखरी खनिएको तथा त्यो पोखरीमा आकाशबाट माछा खस्ने भन्ने सबैका मुखबाट सुने पछि उनले आफू पनि ज्योतिष भएका कारणले हिसाव किताव गर्दै सूक्ष्म गणितको बेलान्तर गणना गरि माछा टुँडिखेलमा बनाइएको पोखरीमा नखस्ने तर असनमा खस्ने भन्दै उनले सानो आकारको २ हात चौडा र ४ हात लामो पोखरी बनाउन लगाएछ ।

कहाँ १०० हात भन्दा ठूलो पोखरी र कहाँ सानो ४ हातको पोखरी । धेरैका धेरै कुरा भए पनि राजज्योतिषका लागि भने यो चुनौती थियो । उनले युवा ज्योतिषलाई चेतावनी दिँदै भने यदि माछा तिमीले खनेको असनको सानो पोखरीमा खसेन भने तिमीलाई मृत्युदण्ड दिइनेछ । युवा ज्योतिषले राजज्योतिषको चेतावनी स्विकार गर्दै भनेछ । यदि तपाइले खन्न लगाउनु भएको पोखरीमा खसेन भने तपाइलाई पनि मृत्युदण्ड हुने स्विकार गर्नुपर्दछ भनेछ । राजज्योतिषमा आफ्नो ज्योतिषीय ज्ञानमा घमण्ड थियो । यसर्थ उनले पनि स्विकार गरे । युवा ज्योतिषले यो कुराको साक्षी राजालाई राखेर आकाशबाट माछा खस्ने दिन पर्खन थाले ।

अन्तमा माछा खस्ने दिन ठूलो आँधी बेहरी पछि आकाशबाट माछा खस्यो । माछा टुँडिखेलमा नखसेर असनमा खस्यो । असनमा युवा ज्योतिषले बनाएको सानो पोखरीमा नै खस्यो । राजज्योतिष लज्जाबोधले आफ्नो मृत्युदण्ड स्विकार गर्न तैयार भयो । अन्तमा आफ्नो गलत नतिजा बारे युवा ज्योतिषसंग बुझ्न चाह्यो । युवा ज्योतिषले भन्यो खगोलीय गणना मात्रै होइन मौसम र त्यो समयको हावाको चाप पनि महत्व हुन्छ । त्यो समय पूर्वीय हावा चल्ने हुँदा हावाले माछालाई पश्चिम तर्फ धकेलेर असन पुर्यायो । राजज्योतिषले आकाशबाट खस्ने माछाका लागि बनाउन लगाएको पोखरीमा पछि मल्ल राजा प्रताप मल्लले रानीपोखरी बनाउन लगाए ।

यसरी आकाशबाट माछा खसेको चर्चा शहर भरि फैलियो । हेर्न जानेको भिड लाग्यो । सबैले माछा कहाँ खसेको सोध्न थाले । जवाफ सहज हुन्थ्यो, “अनंस” अर्थात हातले उत्तर तर्फ देखाउँदै त्यहीँ भन्न थाले । यसरी सबैले अनंस भन्दा भन्दै यो ठाउँको नाम नै अंस रहन गयो ।

यसरी जीवित नै माछा खसेको हुँदा त्यसैको प्रतिकको रूपमा यहाँ ढुङ्गाको माछा बनाएर पूज्न थालियो । दिव्य माछा खसेको भएर असन त्यसबेला देखि नै समृद्ध हुन थालेको भन्ने मान्यता रहेको छ । यो ठाउ लिच्छवी काल देखि नै प्रमुख ब्यापारिक केन्द्र बन्दै गएको थियो । पछि सडकका बिचमा रहेको ढुङ्गाको माछाले असहज हुँदै गए गयो र मानिसहरुको भिडभाडले बाटोको बिचमा रहेको माछाले अप्ठ्यारो बनाए पछि ठूलो माछालाई त्यहि पुरेर उस्तै सानो माछाको प्रतिरुप बनाएर २०६७ सालको चैत देखि सानो अग्लो ठाउँ बनाएर पूज्न थालियो । ढुङ्गाको माछा भएको हुँदा यसलाई नेवारीमा न्यालोंह भन्ने गरिन्छ ।

अहिले असनबाट पूर्वमा भोटाहिटी हुँदै रत्नपार्क, उत्तर पूर्वमा कमलाक्षी हुँदै जमल, उत्तरमा त्यौड हुँदै ठँहिटी, उत्तरमा त्यौड हुँदै ज्याथा पश्चिममा न्हैकन्तला किलागल हुँदै नरदेवी, दक्षिण पश्चिममा केलटोल इन्द्रचोक हुँदै हनुमानढोका, दक्षिण पूर्वमा मासंगल्ली हुँदै महाबौद्ध गरेर ७ वटा बाटो असनसंग जोडिएको छ । ज्योतिषीय गणनामा पनि टुँडिखेलको महांकाल मकर राशि, असनको अन्नपूर्ण कुम्भ राशि, असनको माछा मीन राशि र भेडासिं मेष राशिका प्रतीक हुन्। यी स्थानहरू ज्योतिषीय कालगणनाका लागि स्थापना गरिएको बिन्दुहरू हुन्।

मल्लकालमा ज्योतिषीय गणना गर्दा यहि न्यालोंहलाई नै केन्द्र मान्ने गर्दथे । यहि असन इलाकामा मानदेवको नामांकित ढुङ्गेधारा भेटिएकोले यो स्थानलाई लिच्छवीकालसम्मको गणना गर्ने गरिन्छ । न्यालोंहको कथा पनि मल्लकाल भन्दा अगाडिको रहेको विश्वास गरिन्छ । उहिले भोटसम्मको ब्यापार यहि असनबाट हुने गर्दथ्यो । महिनौ लगाएर भोटबाट फर्किएकाहरु शहर भित्र सहजै बस्न वा पस्न पाउँदैनथे । उनिहरुका लागि नुवाइधुवाइ गर्न अलग्गै हिटी बनाइएको थियो । भोटबाट आएकाहरुले प्रयोग गर्ने हिटी भएको हुँदा त्यस हिटीको नाम नै भोटाहिटी रहन गयो । भोटाहिटीमा नुहाइधुवाइ गरि सरसफाइ गरे पनि कोरोना कालमा झै त्यो बेला पनि क्वारेन्टाइनमा १५ दिन बस्नु पर्दथ्यो । यसरी क्वारेन्टाइन बस्ने घर यिताचपाः पनि यहिँ असनको दक्षिण तर्फ रहेको थियो ।

सम्बन्धित समाचार