काठमाडौं । अब विदेशमा बस्ने नेपालीलाई पनि प्राथमिक शेयर निष्कासन आइपीओको कोटा छुट्याइने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न कम्पनीहरूले जारी गर्ने आइपीओको कोटा विदेश बस्ने नेपालीका लागि पनि छुट्याइन लागिएको बताएका छन् ।
पछिल्लो समय रेमिट्यान्स बढाउन सरकारले विभिन्न कार्य गर्दै आएको छ । त्यस्तै आयातमा कडाइ गरेको सरकारले आईपीओको कोटा छुट्याउन लागेको हो ।
सरकारले विदेशबाट हुन्डीलगायत अनौपचारिक क्षेत्रबाट आउने रकम नियन्त्रणका लागि विभिन्न कमदहरू चाल्दै आएको छ ।