वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ
Photo by: फाइल फोटो
काठमाडौं । त्रिभुवन विश्वविद्यालय कानून संकायअन्तर्गत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परीक्षा फारम खोलेको छ ।
वैशाख ४ गतेदेखि जेठ ४ गतेसम्म आवेदन फारम लिन सकिनेछ । एलएलबी पठनपाठन हुने क्याम्पसमा फारम बुझाउन सकिने सूचनामा उल्लेख छ ।
त्रिविबाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन् । प्रवेश परीक्षा भने आगामी जेठ २१ गते शनिबार हुनेछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म चल्नेछ ।