शनिबार , भाद्र २७, २०८३

मेहलकुना अस्पताल सुर्खेतमा ६३ औं नेपाल नर्सिङ दिवस सम्पन्न

image

मेहलकुना अस्पताल सुर्खेतमा ६३ औं नेपाल नर्सिङ दिवस भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा अस्पतालका अध्यक्ष यज्ञबहादुर वि.क, नि.मे.सु. डा. राजकुमार भुजेल, MDGP डा. भास्कर झा, नर्सिङ अधिकृत एनिजुनि राईले दुरदराजदेखि सुविधासम्पन्न अस्पतालमा कार्यरत सम्पुर्ण नर्सिङ कर्मचारीहरुको योगदानको कदर गर्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

नर्सिङ पेशाको विगत र वर्तमान अवस्थाको चुनौती बारेमा अस्पतालकी नर्सिङ अधिकृत एनिजुनी राईले प्रस्तुतीकरण दिएकी थिइन् ।

कार्यक्रममा बोल्दै नि.मे.सु.डा. राजकुमार भुजेलले ‘महाभुकम्प, कोभिड महामारी लगायत विषम् परिस्थितिमा अहोरात्र अग्रपंक्तिमा खटिई उल्लेखनीय भुमिका निभाउने समग्र नर्सिङ कर्मचारीहरुको योगदान स्मरण गर्दै नर्सिङ पेशाको महत्वबारे’ बताएका थिए ।

‘पछिल्लो समय नेपालमा बढ्दै गइरहेको Brain Drain को कहालीलाग्दो अवस्थालाई चित्रण गर्दै आगामी दिनमा स्वास्थ्यका नीति तथा कार्यक्रममा यी र यस्ता जनशक्ति स्वदेशमै रोक्न सुरक्षित कार्यस्थल, सम्मानजनक सेवा सुविधाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुपर्छ ‘ उनले भने ।

अस्पताल विकास समिति अध्यक्ष यज्ञबहादुर विकले पनि स्वास्थ्यकर्मीहरुको योगदानलाई धन्यवाद दिँदै समितिले आफ्नो तर्फबाट कर्मचारीहरुलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।

दिवसको अवसरमा केक काटेर खुसीयाली मनाइएको थियो भने अस्पतालमा कार्यरत सम्पूर्ण नर्सिङ कर्मचारीहरूलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गर्नुका साथै मायाकाे चिनाे समेत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार