acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the media-upload handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170wp_enqueue_scripts, admin_enqueue_scripts, or login_enqueue_scripts hooks. This notice was triggered by the thickbox handle. Please see Debugging in WordPress for more information. (This message was added in version 3.3.0.) in /home/himaldar/public_html/wp-includes/functions.php on line 6170
नेपाल राष्ट्र बैंकको रिक्त गभर्नरमा नियुक्तीको विषय थप पेचिलो बनेको छ । सकेसम्म छिटो टुंग्याउन प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सोही विषयमा छलफल हुने बताइएको छ ।
यता कायम मुकायमको जिम्मेवारीमा रहेकी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना र डा. प्रकाश कुमार श्रेष्ठलाई एमालेले अघि सार्ने तयारी गरेको छ । काँग्रेसले डा. रविन्द्र पाण्डे र गुणाकर भटट्लाई अघि सारेको छ ।

डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले भारतीय विश्वविद्यालयबाट केही वर्षअघि गरेको पिएचडीको समकक्षताबारे बूढानीलकण्ठमा चर्चा भएपछि बालुवाटारले पनि गुणाकर भट्टको कनिष्ठता र कार्यकारी निर्देशकबाट गभर्नर हुन नसक्ने कानुनी प्रावधानलाई उठाएको छ ।
काँग्रेस निकट स्रोतले भारतको जयपुरस्थित मेवाड विश्वविद्यालयबाट सन् २०१९ मा ‘अ स्टडी अन बैंक लेन्डिङ बिहेभियर एण्ड मनिटरी ट्रान्समिसन मेकानिज्म इन नेप्लिज कमर्सियल बैंक्स’ विषयमा पिचडी गरेकी निलमले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता नलिएको दाबी गरेको छ । उक्त विश्वविद्यालयका प्रमाणपत्र नक्कली भेटिएपछि ‘सक्कली’ प्रमाणपत्रमाथि पनि शंका गर्ने क्रममा त्रिभुवन विश्वविद्यालयले समकक्षता रोकेको थियो ।
भारतको उक्त विश्वविद्यालयबाट जारी पोष्ट ग्राजुएटेडका प्रमाणपत्र नक्कली पाइएपछि त्रिभुवन विश्वविद्यालयले त्यहाँको समकक्षता प्रमाणपत्रमा रोक लगाएको हो । टाइम्स अफ इण्डियाले सन् २०२२ को अक्टोबर ५ मा लिइएको हिन्दी लेक्चरर्स परीक्षाको आधारमा दुई जनालाई नक्कली प्रमाणपत्र दिइएको जयपुर प्रहरीको स्पेसल अपरेसन ग्रुपले फेला पारेको समाचार छापेपछि तथ्य बाहिरिएको थियो ।
निलमको कुरो काँग्रेसले उठाउने भएपछि बालुवाटारले पनि गुणाकर भट्ट बहालरत कार्यकारी निर्देशक भएकाले एक महिनाअघि राजीनामा दिएको अवस्थामा मात्रै गभर्नरमा सिफारिस हुनसक्ने अडान लिने सम्भावना छ । निलमलाई गभर्नर, भटट्लाई डेपुटी गभर्नर बनाउने कतिपय स्वार्थ समूहको योजनामा समकक्षताको प्रमाणपत्र ‘भिलेन’ देखिनसक्ने कतिपयको अनुमान छ ।
