मंगलबार , भाद्र ३०, २०८३

पेट्रोलको मूल्य घटेर आयो

image

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा करिब चार रुपैयाँ घटेको छ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ।

आयल निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ। यही मूल्यअनुसार सोमबार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ।

यसअघि १ अप्रिलमा आईओसीले नयाँ मूल्य सूची पठाएको थियो।

Tags:

सम्बन्धित समाचार