काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा विदेशबाट नेपालमा ५८ करोड रुपैयाँको चिज, कुरकुरे र लेज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–चैत महिनाको तथ्याङ्कले यी तीन वटा वस्तुको आयातमा ५८ करोड रुपैयाँ बाहिरिएको जनाएको हो ।
नाै महिनामा १२ लाख ९३ हजार किलोग्राम चिज, कुरकुरे र लेज आयात भएको विभागले जानकारी दिएको छ । यो वस्तु आयात गरेबापत आयातकर्ताले राज्यलाई ३६ करोड ६४ लाख रुपैयाँ भन्सार तिरेका छन् ।
नेपालमा विश्वका १२ देशबाट चिज, कुरकुरे र लेज भित्रिने गरेको छ । बंगलादेश, चीन, भारत, इण्डोनेशिया, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, जापान, अमेरिका र बेलायतबाट यी वस्तु आयात हुने गरेको छ ।