भरतपुर महानगरमा मेयर उम्मेदवार सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस कार्यकर्ता असन्तुस्ट रहेका छन् । उनीहरुलाई फकाउन देउवा आज भरतपुरमा बस्न लागेका हुन् ।
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विराटनगरको चुनावी सभालाई सम्बोधन गर्नेछन् । उक्त सभा सकिएपछी उनी भरतपुुर जाने तयारीमा रहेका छन् ।
देउवा विराटनगरमा सत्ता गठबन्धनका उम्मेदवारको चुनावी सभामा सहभागीता जनाएपछी चितवन जाने कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले जनाएका छन् । भण्डारीका अनुसार आज राती देउवा भरतपुरमै बस्नेछन् ।
भरतपुर महानगरमा मेयर उम्मेदवार सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस कार्यकर्ता असन्तुस्ट रहेका छन् । उनीहरुलाई फकाउन देउवा आज भरतपुरमा बस्न लागेका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल गठबन्धनको तर्फबाट भरतपुरको मेयरको उम्मेदवार रहेकी छिन् । जसको विरुद्धमा कांग्रेसका जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवार बनेर उठेका छन्।
गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीसहित सत्ता गठबन्धनका केहि नेताले पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । साथै प्रधानमन्त्री देउवा, रामचन्द्र पौडेल र प्रचण्डले पनि उनलाई फोन गरेका थिए ।
कांग्रेसले सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कांग्रेस नेता कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय बनाएर पार्टीमा फिर्ता आउन आज अन्तिम दिन तोकेको छ ।