स्थानीय तहको निर्वाचन अन्तर्गत अहिले ठाउँ-ठाउँमा मतगणना भइरहेको छ ।
काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत अहिले ठाउँ-ठाउँमा मतगणना भइरहेको छ । धनगढी उपमहानगरपालिकामा अहिलेसम्म १०० मत गणना भएको छ ।
अहिलेसम्म भएको मत गणना अनुसार स्वतन्त्रबाट मेयर पदका उम्मेदवार गोपाल हमाल ५५ मत सहित शीर्ष स्थानमा रहेका छन् भने गठबन्धनबाट पूर्व मेयर तथा काँग्रेसका उम्मेदवार नृप बहादुर वड २२ मत सहित दोस्रो स्थानमा रहेका छन् । नेकपा एमालेका उम्मेदवार रण बहादुर चन्दले २ मत प्राप्त गरेका छन् भने २१ मत बदर भएको बताइएको छ ।