वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शीर्ष स्थानमा रहेका छन्
काठमाडौं । वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट मेयरका उम्मेदवार शीर्ष स्थानमा रहेका छन् । जसपाका राजेशमान सिंह दुई गुणा बढी मतान्तर सहित अग्र स्थानमा रहेका छन् ।
चार हजार १३२ मत गणना हुँदा उनले दुई हजार ८८ मत ल्याएका छन् । त्यसैगरि नेकपा एमालेका मेयर उम्मेदवार विजय सरावगीले ८६४ मत प्राप्त गरेका छन् ।