स्थानीय तह निर्वाचनको पछिल्लो विवरण अनुसार महोत्तरीको मनरासिसवा नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका राजेन्द्र साह तेली अगाडी रहेका छन्
काठमाडौं । स्थानीय तह निर्वाचनको पछिल्लो विवरण अनुसार महोत्तरीको मनरासिसवा नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका राजेन्द्र साह तेली अगाडी रहेका छन् । २६९५ मतगणना हुँदा उनी ७९७ मत सहित अगाडी छन् ।
नेपाली काँग्रेसका मेयर उम्मेदवार मोहन पाण्डेय ७७२ मत सहित तेलीलाई पछ्याइरहेका छन् । त्यसैगरि जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार महेन्द्र रायले ५०४ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका निवर्तमान मेयर समेत रहेका संजयकुमार सिंहले हालसम्म ३६८ मत मात्र ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका सुनिलकुमार पाण्डेयले १३३ मत र नेकपा माओवादी केन्द्रका कुन्दनकुमार झाले ५६ मत प्राप्त गरेका छन् ।