रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर क्षेत्रमा अग्रता लिइरहेको छ ।
काठमाडौं । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर क्षेत्रमा अग्रता लिइरहेको छ । मेयर पदका उम्मेदवार रामलाल डगौरा १६२५ मत सहित अगाडी छन् भने गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावल ९१० मत सहित उनलाई पछ्याइरहेका छन् । त्यसैगरि नेकपा (एमाले) का उम्मेदवार श्याम खत्रीले ७५९ मत प्राप्त गरेका छन् ।
उपमेयरमा सो पाटीकी उल्कादेवी विश्वकर्मा १२८९ मत सहित शीर्ष स्थानमा रहेकी छिन् भने माओवादीका खडकबहादुर शाह १११३ मत सहित दोस्रो स्थानमा छन् । एमालेकी उपमादेवी केसीले ६०९ मत प्राप्त गरेकी छिन् ।
टीकापुर नगरपालिका-५ मा सो पार्टीका वडाध्यक्षका उम्मेदवार बलवीर थारु आफ्नो पुरै प्यानलसहित विजयी भएका छन् । त्यसैगरि जोशीपुर गाउँपालिकाको अध्यक्षमा सो पार्टीका चित्रबहादुर चौधरीले ७६४ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार भीमबहादुर बमले ६९९ मत प्राप्त गरेका छन् । काँग्रेसका उम्मेदवार बन्सराम वडायकले ४८४ मत प्राप्त गरेका छन् ।
भजनी नगरपालिकामा सो पार्टीका केवल चौधरीले ८१२ प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार हर्कबहादुर बुढाले ८०२ मत प्राप्त गरेका छन् । भजनीमा माओवादीका शेरबहादुर चौधरीले ३९० प्राप्त गरेका छन् ।