मंगलबार , भाद्र ३०, २०८३

बाराको परवानीपुरमा समाजवादी पार्टी र जनता समाजवादी पार्टीबिच प्रतिस्पर्धा

हालै प्राप्त मत परिणाम अनुसार बाराको परवानीपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबिच राम्रो प्रतिस्पर्धा भइरहेको छ । 

image

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । हालै प्राप्त मत परिणाम अनुसार बाराको परवानीपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबिच राम्रो प्रतिस्पर्धा भइरहेको छ ।

लोसपाका मेयर उम्मेदवार जगतनारायण महतोले ११६३ प्राप्त गरेका छन् भने जसपाका सञ्जु साह कानुले १०१७ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका लालबाबु प्रसाद यादवले १००२ मत प्राप्त गरेका छन् र एमालेका राम क्षत्री प्रसाद कुर्मीले ७९३ मत ल्याएका छन् । सो ठाउँमा हालसम्म  नेकपा माओवादी केन्द्रका अजयकुमार कुर्मीले २२५ मत मात्र ल्याएका छन् ।

Tags:

सम्बन्धित समाचार