स्थानीय तह निर्वाचन अन्तर्गत धनकुटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार चिन्तन तामाङ निर्वाचित भएका छन्
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत धनकुटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार चिन्तन तामाङ निर्वाचित भएका छन् । उनले ७६६६ मत प्राप्त गरेर प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार दिनेश राईलाई पराजित गरेका हुन् । दिनेश राईले ७६५२ मत प्राप्त गरेका थिए ।
उपमेयरमा समेत एमालेकै उम्मेदवार भीमादेवी खनाल ७१९६ मत सहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गणेश विष्टले ६६२९ मत ल्याएका थिए ।
१० वडा रहेको नगरपालिकामा नेकपा एमालेले वडा १, २, ४, ८ र ९ मा विजय हासिल गरेको छ । त्यसैगरि काँग्रेसले वडा ३, ५, ६, ७ र १० मा जित हासिल गरेको छ।