चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरको पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्
काठमाडौं । चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरको पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मीले गठबन्धनलाई पराजित गर्दै जित हासिल गरेका हुन् भने उपमेयरमा बिमला लामा निर्वाचित भएकी हुन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा रेग्मी कालिका नगरपालिका वडा नम्बर ६को वडाध्यक्षमा विजयी भएका थिए । नगरपालिकाको ११ वडामध्ये ४ वटा वडामा एमाले र ७ वटा वडामा गठबन्धनका दलका उम्मेदवार विजयी भएका छन् ।