बेलबारी नगरपालिकाको प्रमुखमा एमालेका दिलप्रसाद (डीपी) राई निर्वाचित भएका छन्
काठमाडौं । बेलबारी नगरपालिकाको प्रमुखमा एमालेका दिलप्रसाद (डीपी) राई निर्वाचित भएका छन्। उनले १६४२२ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार महेन्द्रप्रसाद सुवेदीले १५६२० मत प्राप्त गरेका छन् ।
त्यसैगरि उपमेयरमा नेपाली काँग्रेसकी नितु थापा १३७३१ मत सहित निर्वाचित भएकी हुन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार तिलकुमारी न्यौपानेले १३६०५ मत ल्याएकी छिन् ।