दीपक वलीले नयाँ चलचित्र बनाउने भएका छन्
काठमाडौं । दीपक वलीले नयाँ चलचित्र बनाउने भएका छन् । उनकै निर्देशन रहेको अर्को चलचित्र ‘कृष्ण लीला’ कोरोनाका कारण प्रदर्शनमा आउन नसकेपछि उनी नयाँ चलचित्रको तयारीमा लागेका हुन् ।
उनको निर्देशन रहने नयाँ चलचित्रको नाम ‘सुनको चप्पल’ रहेको छ । उनले चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गराएका छन् । चलचित्रको स्क्रिप्ट लेखनको काम निर्देशक यम थापाले गरिरहेका छन् ।
सन् २०१६ मा ‘रोल्पा रोग’ बाट निर्देशनमा हात हालेका वलीले ‘पण्डित बाजेको लौरी’ र ‘कुम्भ करण’ चलचित्रको निर्देशन गरेका छन् ।