बुधबार , भाद्र ३१, २०८३

चिरिबाबु महर्जन ठुलो मतान्तरसहित शिर्ष स्थानमा

image

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ठुलो मतान्तरसहित शिर्ष स्थानमा रहेका छन् । मंगलवार बिहानसम्ममा ७९८६३ मत गणना हुँदा महर्जनले ३९३३२ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार २३३९२ मत सहित उनलाई पछ्याईरहेका छन् । त्यसैगरि राप्रपाका अष्ट महर्जनले ५२७६ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मञ्जली शाक्य २३७९१ मतसहित शिर्ष स्थानमा रहेकी छिन् भने उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बाबुराम बज्रराचार्यले १७२६३ मत पाएका छन् ।

उम्मेदवार नभएको रुख चिन्हमा भने १० हजार ८०७ मत प्राप्त भएको छ । महानगरमा जम्मा ८६,५४० मत खसेको थियो । अब ६.६७७ मत गन्न बाँकी रहेको छ ।

Tags:

सम्बन्धित समाचार