बडूले भने, ‘मूल्यवृद्धिका कारण सर्वधारणमा परेको मारलाई ध्यान दिएर सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ । प्रस्ताव मन्त्रिपरिषदमा पेश भएर अर्थमन्त्रालयमा पुगेको छ ।’
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार प्रतिनिधिसभामा उपभोक्तामाथि मूल्यवृद्धि परेको मार कम गर्न सरकारले कम घटाउने प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन् ।
उनका अनुसार जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकमा कर घटाउने प्रस्ताव पेश भई अर्थ मन्त्रालयमा विचाराधीन रहेको छ ।
समय लिएर सदनलाई मूल्यवृद्धिबारे सरकारको धारणा राख्दै बडूले भने, ‘मूल्यवृद्धिका कारण सर्वधारणमा परेको मारलाई ध्यान दिएर सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ । प्रस्ताव मन्त्रिपरिषदमा पेश भएर अर्थमन्त्रालयमा पुगेको छ ।’
सरकारले पेट्रोलियम पदार्थमा धेरै किसिमका कर लगाउँदै आएको छ ।
हाल बजार मूल्य १८० रुपैयाँ रहेको एक लिटर पेट्रोलमा सरकारले ६३ रूपैयाँ ३४ पैसा कर उठाउँदै आएको छ ।