बिहिबार , जेठ ७, २०८३

याद राखौँ, ‘हामीसँग एउटै पृथ्वी छ’

आजको दिन हाम्रो जैविक क्षेत्रलाई क्षति पुर्याउने कार्यहरू रोकौँ । सरकारका नीतिहरूमा निगरानी राखेर सकारात्मक परिवर्तन ल्याउन तल्लो तह र सामुदायिक स्तरमा, वातावरण संरक्षणका लागि जनशक्तिको प्रयोग गर्दै जनस्तरबाट काम गरौँ ।

image

सन् १९७२ मा संयुक्त राष्ट्र संघको महासभाले जुन ५ लाई विश्व वातावरण दिवस (World Environment Day ,WED)  को रूपमा तोकेको थियो । यसको पहिलो नारा, “केवल एक पृथ्वी” अन्तर्गत १९७४ मा जुन ५ लाई  वातावरण दिवसको रूपमा मनाउँदै आएको हो ।  त्यसपछिका वर्षहरूमा, (WED) ले वायु प्रदूषण, प्लास्टिक प्रदूषण, अवैध वन्यजन्तु व्यापार, दिगो वातावरण सामना गर्ने समस्याहरूमा चेतना जगाउने प्लेटफर्मको रूपमा विकास गरेको छ । उपभोग, समुद्री सतह वृद्धि र खाद्य सुरक्षा, बिचमा सन्तुलन ल्याउन  WED ले हरेक वर्ष र राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणीय नीतिमा र उद्देशहरू ल्याउने गरेको छ ।

विश्व वातावरण दिवस सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने विश्वव्यापी मञ्चको रूपमा स्थापन भइसकेको  छ । १५० भन्दा बढी देशहरूको सहभागितामा यसलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । संयुक्त राष्ट्र सङ्घ, सरकार, व्यवसाय, नागरिक समाज, विद्यालय, सेलिब्रेटीहरू, शहर र समुदायहरूलाई सचेतना जगाउने र वातावरणीय कार्य मनाउन संलग्न हुने  गर्छन् । यी ठुला संस्थाहरूको कार्यहरूले परिवर्तनकारी प्रभाव पार्न सक्छ ।

प्रत्येक वर्ष विश्व वातावरण दिवस एक फरक देशद्वारा आयोजित गरिन्छ,  जहाँ आधिकारिक उत्सवहरू हुन्छन् । सन् २०२२ को आयोजक राष्ट्र स्विडेन हो ।

स्विडेन आयोजक राष्ट्रको रूपमा रहेको विश्व वातावरण दिवस २०२२  को नारा “केवल एक पृथ्वी” हो ।  यो नाराले प्रकृतिसँगको  मेलमिलापमा दिगो रूपमा बाँच्नमा केन्द्रित गरेको छ । आज विश्व वातावरण दिवस जलवायु परिवर्तनदेखि जैविक विविधताको हानि र कार्बन उत्सर्जनमा भएको पृथ्वी विभिन्न सङ्कटहरूको सामना गरिरहेको छ।

“आजको दिन हाम्रो जैविक क्षेत्रलाई क्षति पुर्याउने कार्यहरू रोकौँ । सरकारका नीतिहरूमा निगरानी राखेर सकारात्मक परिवर्तन ल्याउन तल्लो तह र सामुदायिक स्तरमा, वातावरण संरक्षणका लागि जनशक्तिको प्रयोग गर्दै जनस्तरबाट काम गरौँ । हामीसँग #OnlyOneEarth छ। यसको ख्याल गरौँ ।”

नेपालको अवस्था

नेपालसँग वन क्षेत्रको ठुलो हिस्सा छ । यसले यहाँको  जैविक विविधता कायम गर्ने र यहाँको हावा पानीमा पनि असर गर्ने गरेको छ । नेपाल आफ्नो वातावरणीय पक्षमा कत्तिको ध्यान दिन्छ भन्ने कुराको एक उदाहरण निजगढ विमानस्थल पनि हो । जसलाई हामीले धेरै उच्च संरक्षण गर्दै करिब २० लाख रूखहरू गुमाउनबाट जोगाएका छौँ । नेपालले विकास पूर्वाधारको कुरालाई महत्त्वपूर्ण भूमिकालाई दिनु पर्ने हुन्छ तर, त्यसरी निर्माण भएको विकासले सबै वातावरणीय र सामाजिक प्रभावहरूलाई बेवास्ता गर्न सक्दैन । यद्यपि, यो सुनिश्चित गर्न महत्त्वपूर्ण छ कि विशेष गरी निजगढ विमानस्थल जस्ता ठुला परियोजनाहरूका निर्णयहरू, नेपालको स्थापित आर्थिक, वातावरणीय र सामाजिक नियमहरू अनुरूप, कत्तिको लाभदायक हुन्छन् । पछिल्लो समय वातावरणलाई ध्यानमा राखी सरकारले राष्ट्रिय वातावरण नीति, २०७६ ल्याएको थियो । जहाँ वातावरणीय पक्षको उच्च मूल्याङ्कन गरिएको देखिन्छ ।

नेपालको संविधानको धारा ३० ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने मौलिक हकको व्यवस्था गरी यसको संरक्षण र व्यवस्थापनलाई राज्यको उच्च प्राथमिकतामा राखेको छ । जहाँ वातावरण प्रदूषणका प्रमुख कारण मध्य: अव्यवस्थित सहरीकरण बढ्नु, पूर्वाधार विकास र वातावरणबिचमा असन्तुलन हुनु, औद्योगिक क्षेत्र बाट मानव बस्ती नजिकै हुनु, विभिन्न प्रकारका फोहोरको उचित व्यवस्थापन हुन नसक्नु देखि धुवाँ निकाल्ने गाडी रहेका छन् ।

पछिल्लो समय बढ्दै गएको प्रदूषणको मात्रालाई न्यूनीकरण गर्न सरकारबाट प्रतिबद्धता नदेखिएको गुनासो आउने गरेको छ। देशभर नै प्रदूषणको मात्रा बढ्दै गएको छ । हावामा धुलोको मात्रा एकदमै धेरै देखिने गरेको छ । त्यसमा पनि काठमान्डुको स्थिति हरेक वर्ष भयावह बन्दै गएको छ ।

काठमाडौं लगायत देशका अन्य ठुला सहरहरूमा प्रदूषणको मुख्य स्रोत भनेकै सवारीसाधनबाट निस्कने धुवाँका हो । यसलाई नियन्त्रण गर्नुपर्ने र पुराना सवारीसाधन चलाउन रोक्नुपर्ने कुरामा सरकारको लापरबाहीले गर्दा  हरेका जाडो याममा काठमाडौँमा धुवाँले गर्दा तुवाँलो नै लाग्ने गरेको छ । यसले मान्छेको स्वास्थ्यमा  गम्भीर असर  गर्ने र साना बच्चामा दीर्घकालीन असर देखिने चिकित्सकहरूले बताउने गरेका  छन् ।काठमान्डुमा मात्र प्रदूषणको मापदण्ड विश्व स्वास्थ्य सङ्गठनले तोकेको भन्दा करिब ५ गुढा बढी रहेको छ । नेपालको मापदण्डभन्दा झण्डै तीन गुणा बढी रहेको विज्ञहरू बताउँछन् ।

हरेक वर्ष यसरी आकाशमा फोहोरको तुवाँलो जम्मा हुँदा, वातावरण मन्त्रालयले वक्तव्य जारी गर्दै सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह  गरेर टार्ने गरेको छ । आफूले गर्नु पर्ने आवश्यक काम केवल सेमिनार र अन्तर्राष्ट्रिय सभा सम्मेलनमा उपस्थिति जनाउने बाहेक केही नगर्ने देखिएको छ ।

वातावरण संरक्षण बहुआयामिक तथा अन्तरदेशिय विषय रहेको हुँदा वातावरण सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा प्रतिबद्धता गरेर मात्र यसको समस्याको हल ननिस्कने देखिन्छ  । वातावरणको पक्षसँग जोडिने कुरा अन्तरपुस्ता हुने हुँदा वातावरणीय  स्त्रोतमाथी न्यायोचित पहुँच र तिनको बुद्धमत्तापुर्ण उपयोगको प्रत्याभूति गर्नु राज्यको दायित्व हुन्छ । यसका लागि सरकार, नागरिक समाज, निजी क्षेत्र र व्यक्ति व्यक्तिबिचको आपसी समन्वय र सहकार्य आवश्यक छ ।

सम्बन्धित समाचार