काठमाडौं उपत्यकाको उत्पत्तिसँग प्रत्यक्ष सम्बन्ध रहेको चोभारको डाँडा ऐतिहासिक रूपमा पनि निकै महत्वपूर्ण ठाउँ हो । चीनबाट आएका मञ्जुश्रीले चोभार डाँडालाई खड्गले काटेर काठमाडौं उपत्यकालाई मानिस बस्न योग्य बनाएको किंवदन्ती सुन्न, पढ्न पाइन्छ । त्यसैगरि द्वापर युगको अन्त्यतिर कृष्णले आफ्नो सुदर्शन चक्र प्रयोग गरी चोभार डाँडा काटेपछि मानवीय बस्ती बसेको पनि कतै सुन्न, पढ्न सकिन्छ । किंवदन्ती जे-जस्तो भएपनि पानीले भरिएको काठमाडौंलाई पानी मुक्त बनाउन चोभार डाँडा काटिएको हो । चोभारको गल्छी हुँदै बाहिर पठाएपछि नै काठमाडौंमा मानव बस्ती बस्न सम्भव भएको हो ।
मान्छे घुमन्ते प्राणी हो यसमा दुईमत छैन । विश्वको हरेक क्षेत्रमा मान्छेको पाइला परिसकेको छ । सगरमाथाको उचाइदेखि लिएर मारिआना ट्रेन्चसम्मको गहिराइमा मान्छेले फोटो खिचाइसकेको छ । जङ्गल, खोला, झरना केहिपनि कतैपनि छोडेको छैन मान्छे पुग्न । ‘नजिकको तीर्थ हेला’ भने झैँ तर नजिकका ठाउँहरू प्राय जसो मान्छेले बेवास्ता गर्दै आएको पाइन्छ । आफ्नो नजिकै रहेको स्थानलाई मान्छेले उति महत्व दिने गरेको पाइँदैन । काठमाडौं वरपर पनि धेरै त्यस्ता ठाउँहरू रहेका छन्, जुन प्राकृतिक तथा ऐतिहासिक महत्वले भरिपूर्ण छन् । तर, मान्छेहरूले ध्यान दिएको पाइँदैन ।
निकै लोकप्रिय भएर पनि उपत्यकाको पर्यटकीय स्थल चोभार घुम्न जाऊँ भनेको उति सुन्ने गरेको पाइँदैन । चोभारको अर्को नाम भूतखेल रहेको छ जुन अहिले कीर्तिपुर नगरपालिका अन्तर्गत पर्छ । एसियाका लामा गुफामध्येको एक मञ्जुश्री गुफा पनि यहाँ अवस्थित छ । यो क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको मन्द मुस्कान देख्न सकिन्छ ।
यो ठाउँमा मूर्तिकार चन्द्रश्याम डङ्गोलले करिब ६ वर्ष आफ्नो शिल्प प्रयोग गरेर ३३ फिटको मञ्जुश्रीको मूर्ति तयार पारेका छन् । आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना बोकेको चोभार चलचित्र छायाङ्कनका लागि पनि राम्रो गन्तव्यमा पर्छ । काठमाडौं उपत्यकाको उत्पत्तिसँग प्रत्यक्ष सम्बन्ध रहेको चोभारको डाँडा ऐतिहासिक रूपमा पनि निकै महत्वपूर्ण ठाउँ हो । चीनबाट आएका मञ्जुश्रीले चोभार डाँडालाई खड्गले काटेर काठमाडौं उपत्यकालाई मानिस बस्न योग्य बनाएको किंवदन्ती सुन्न, पढ्न पाइन्छ ।

त्यसैगरि द्वापर युगको अन्त्यतिर कृष्णले आफ्नो सुदर्शन चक्र प्रयोग गरी चोभार डाँडा काटेपछि मानवीय बस्ती बसेको पनि कतै सुन्न, पढ्न सकिन्छ । किंवदन्ती जे-जस्तो भएपनि पानीले भरिएको काठमाडौंलाई पानी मुक्त बनाउन चोभार डाँडा काटिएको हो । चोभारको गल्छी हुँदै बाहिर पठाएपछि नै काठमाडौंमा मानव बस्ती बस्न सम्भव भएको हो ।
केही समयअघि २ सय २० रोपनी क्षेत्रफलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ मा शिलान्यास गरेको सुख्खा बन्दरगाहको निमार्ण कार्य समेत सकिएको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण चोभारमा जलविनायक तथा आदिनाथको मन्दिर दर्शन गर्न समेत गर्न सकिन्छ । काठमाडौंबाट करिब सात किलोमिटर दक्षिण पश्चिम कीर्तिपुर नगरपालिका–४ मा रहेको चोभारमा छुट्टीको दिनमा बाक्लै मान्छेहरू देख्न सकिन्छ । आफ्नो छुट्टीको एकदिन छुट्याएर चोभारमा परिवारसँग घुम्न जाँदा वास्तवमै हृदय पुलकित हुन्छ ।

घरबाटै केही खानेकुरा पकाएर ड्राइ पिकनिकका लागि पनि चोभार पुग्न सकिन्छ । उपलब्ध भए साथमा सानो स्पिकर लगेर डाँडामा नाचगान गरेर दिनलाई अझै रोमाञ्चक बनाउन सकिन्छ । चोभारसम्म पुग्न सार्वजनिक यातायात प्रयोग गर्न पनि सकिन्छ । मनमोहक वातावरणमा हप्ताको एकदिन बिताउन पाउँदा मानसिक रूपमा निकै आनन्द महसुस हुन्छ ।