शुक्रबार , अषोज ९, २०८३

साझाले पुन: पुस्तक प्रदर्शनी गर्दै, ५० पैसामा एउटा पुस्तक

image

काठमाडौं । देशकै जेठो प्रकाशन गृह साझा प्रकाशनले पुन: विशेष छुटसहित पुस्तक प्रदर्शनी सुरु गर्ने भएको छ  । पुस्तकालय दिवस, २०७९ र बडादशैँ २०७९ को अगाडिको अवसर पारेर उसले आफ्ना सबै बिक्रि कक्षहरूमा पुस्तक प्रदर्शनी तथ्या बिक्रि गर्ने प्रबन्ध मिलाएको हो । यसअघि साझाले नववर्षको अवसरमा विशेष छुट सहित पुस्तक प्रदर्शनी गरेको थियो ।

केन्द्रीय कार्यालय परिसर,पुल्चोकलगायत साझा प्रकाशनका सबै बिक्री कक्षहरू (धनगढी, कैलाली/घोराही, दाङ/ बुटवल, रुपन्देही/ पोखरा,कास्की/भरतपुर,चितवन/नुवाकोट,त्रिशूली/प्रदर्शनीमार्ग,काठमाडौँ/ जनकपुरधाम,धनुषा/ राजविराज,सप्तरी/ धरान,सुनसरी/ विराटनगर,मोरङ/ बिर्तामोड,झापा)बाट यही भदौ १९ गतेदेखि ३१ गतेसम्म पुस्तक प्रदर्शनी गर्ने भएको छ ।

पुस्तकहरूमा देहाय अनुरूप छुट उपलब्ध गराइनेछ ।

  • साझा प्रकाशनबाट २०४० सालभित्र प्रकाशित पुस्तकहरूमा
  • ५०% – साझा प्रकाशनबाट २०५० सालभित्र प्रकाशित पुस्तकहरूमा- ४०%
  • साझा प्रकाशनबाट २०५१ साल र पछि प्रकाशित पुस्तकहरूमा- ३०%
  • साझा प्रकाशनबाट प्रकाशित सबै किसिमका शब्दकोशहरूमा- २५%
  • अन्य प्रकाशनका पुस्तकहरूमा – ३०%
  • गरिमा मासिक पत्रिकाका २०७८ अघिका अङ्कहरूमा
  • ८०% साझा प्रकाशनका अंशियार सम्पूर्ण साहित्यकार, पाठक एवं पुस्तकप्रेमीहरूमा ।

यो पनि पढ्नुहोस्;

साझाको पुस्तक मेला : ५० पैसामा एउटा पुस्तक, आफ्नो प्रति सुरक्षित गर्नुस्

Tags:

सम्बन्धित समाचार