बुधबार , साउन ९, २०८१

नीलम गुरुङ‍ बनिन् ‘द पोएट आइडल’

image

काठमाडौं । कवितामा आधारित नेपालकै पहिलो रियालिटी सो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेकी छन् ।

ग्रान्ड फिनालेमा पल्लविव, नाथन रायान, मिल्सन राई र नीलम गुरुङ पुगेका थिए । नीलमले तीनै जनालाई भाेटमा पछि पार्दै उपाधि चुमेकी हुन् । उपाधिसँगै उनले १० लाख रुपैयाँ पुरस्कार पाएकी छन् ।

‘द पोएट आइडल’मा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले जज थिए भने निर्देशन अमनप्रताप अधिकारीले गरेका थिए ।

नेपाली भाषाका कविहरूको प्रतिभा प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल’ घोषणा भएको थियो ।

सम्बन्धित समाचार