आइतबार , साउन १७, २०८३

‘मन पराएको केटाले नभेटे हराउँछु’ भनेर निस्किएकी किशोरी बेपत्ता

प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

image

काठमाडौं । गएको साेमबार स्कुल जान्छु भन्दै घरबाट निस्किएकी कैलालीकी १५ वर्षिय एक किशाेरी धनगढी उपमहानगरपालिका–१३ बाट वेपत्ता भएकी छिन् ।

ती किशोरी आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको बताएको भए पनि प्रहरीले उनी उक्त शिक्षकको घरमा नभेटिएको जनाएको छ ।  आइतबार उनले आफ्नाे झोला भाइलाई दिएर घर पठाएकी थिइन् । तर, झोला स्कुल बसमै छुटेको थियो । सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको खुलेको एक प्रहरी अधिकारीले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपीले उनले आफ्नी बहिनीलाई आफूले मन पराएको केटाले ४ बजेसम्म नभेटे आफू बेपत्ता हुन्छु भनेकी रहिछिन् । यसलाई उनीहरूले सामान्य रूपमा लिदा उनी सम्पर्कविहिन भएकी हुन् ।

प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ । उनले मोबाइल प्रयोग नगर्ने भएकाले अनुसन्धान जटिल बनेको अधिकारीहरू बताउँछन् । प्रहरीले उनले मन पराएको भनेको केटासँग पनि सोधपुछ गरेको छ । उनले किशोरीलाई ‘तिमी सानै छौ’ भनेर सम्झाएको बताएका छन् ।

उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरमा उनीजस्तै अनुहार प्रस्ट नभएको सीसीटीभी फुटेजमा देखिएको छ । त्यसमा एक केटा पनि देखिएका छन् । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ भन्ने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित समाचार