चित्रमा सबभन्दा बायाँतिर हेर्दा- ऌ जस्तो देखिने दुई शयलाई बुझाउने अक्षर लेखिएको छ, अनि त्यसको मुनि दुई शून्य स्पष्टसँग लेखिएको छ ।
लिच्छविकालका कुनै पनि अभिलेखमा शून्यको प्रयोग भएको पाइँदैन । तर नेपालको इतिहासमा शून्यको प्रयोग कहिलेदेखि भयो भन्ने कुरामा कसैको ध्यान गएकै छैन भने पनि हुन्छ ।
मेरो नयाँ अनुसन्धान अनुसार १०१५ CE मा लेखिएको क्याम्ब्रिज् पुस्तकालय (University Library, Cambridge)को सङ्ग्रहमा रहेको प्रसिद्ध अष्टसाहस्रिका प्रज्ञापारमिताको २००औँ पानामा दुई ओटा शून्यको प्रयोग भएको देखेँ । चित्रमा ऌ जस्तो देखिने दुई शयलाई बुझाउने अक्षर लेखिएको छ, अनि त्यसको मुनि दुई शून्य स्पष्टसँग लेखिएको छ।
नेपाली अभिलेखहरूमा यसभन्दा पहिले शून्यको प्रयोग भएको मैले कतै देखेको छैन।