बुधबार , भाद्र ३१, २०८३

बालेन शाह शीर्ष स्थानमा, पछ्याउँदै केशव स्थापित र सिर्जना श्रेष्ठ

अहिलेसम्मको मत परिणाम अनुसार बालेन्द्र साह 'बालेन शाह' शीर्ष स्थानमा रहेका छन्

image

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत यति बेला धेरैको ध्यान काठमाडौं महानगरपालिकाको मत परिणाममा केन्द्रित छ । अहिलेसम्मको मत परिणाम अनुसार बालेन्द्र साह ‘बालेन शाह’ शीर्ष स्थानमा रहेका छन् ।

महानगरको मेयर पदका लागि स्वतन्त्रतर्फ वालेन्द्र साह, सत्ता गठबन्धनतर्फ काँग्रेसबाट सिर्जना श्रेष्ठ र एमालेबाट केशव स्थापितबिच चाखलाग्दो प्रतिस्पर्धा भइरहेको छ।

अहिलेसम्म वालेन्द्र साह २८२०मत सहित शीर्ष स्थानमा रहेका छन् भने एमालेका केशव स्थापितले १५०७ मत र सिर्जना श्रेष्ठले १४४९ मतसहित उनलाई पछ्याइरहेका छन् ।

 

Tags:

सम्बन्धित समाचार