महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान रोकिएको छ
काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदान रोकिएको छ । गौशाला-९ मा रहेको बिषहरपुर मतदान केन्द्रमा एक मतदाताकासाथ दुईवटा मतपत्र फेला परेपछि विवाद सुरु भएको थियो ।
सोही कारण केही समयदेखि मतदान रोकिएको छ । स्थानीयका अनुसार फेला परेको दुईवटा मतपत्रमध्ये एउटा नमुना मतपत्र रहेको छ । विवाद मिलाएर मतदान पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।