मंगलबार , चैत्र १७, २०८२

अमेरिकी डलरको भाउ बढ्यो, कति छ मूल्य ?

अमेरिकी डलर अहिले सम्मकै उच्च दरमा कारोबार हुँदै

image

नेपाल । मंगलबारको विनिमय दर नेपाल राष्ट्र बैंक द्वारा सार्बजनिक भएको छ ।

एक अमेरिकी डलरको खरिददर १२३ रूपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रूपैयाँ २५ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च दर हो ।

विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै केहि महिना अगाडीबाट डलरको मूल्य पनि बढ्न थालेको हो ।

त्यहाँको आधार ब्याजदरअमेरिकी केन्द्रीय बैंक (फेड)ले त्यहाँको आधार ब्याजदर ०.५ प्रतिशतले बढाएपछि डलरको माग बढेको छ।  दुई दशक यता फेडले सबैभन्दा धेरै दरले वृद्धि गरेको हो ।

नेपाली मुद्रा भारतीय मुद्रासँग पेग भएकाले  अमेरिकी डलरसँग भारतीय मुद्रा हालसम्मकै उच्च दरमा अवमूल्यन भएपछि यसको  प्रभाव नेपाली मुद्रामा पनि देखापरेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार नेपाल राष्ट्र बैंकल र बैंक तथा वित्तीय संस्थाहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमय दर फरक हुन सक्छ ।

सम्बन्धित समाचार