बुधबार , भाद्र ३१, २०८३

बझाङको ८ पालिकाको मत परिणाम सार्वजनिक

बित्थडचिर, थलारा, दुर्गाथली, खप्तडछान्ना, मष्टा, तल्कोट, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाको मत परिणाम सार्वजनिक गरिएको हो

image

काठमाडौं । बझाङको ८ पालिकाको मत परिणाम सार्वजनिक गरिएको छ । बित्थडचिर, थलारा, दुर्गाथली, खप्तडछान्ना, मष्टा, तल्कोट, साइपाल गाउँपालिका र बुंगल नगरपालिकाको मत परिणाम सार्वजनिक गरिएको हो । अहिले जयपृथ्वी नगरपालिका, केदारस्यूँ, छबिसपाथिभेरा र सुर्मा गाउँपालिकाको मतगणना भइरहेको छ ।

सार्वजनिक मत परिणाम अनुसार नेपाली काँग्रेस ४, एमाले ३ र माओवादी केन्द्र १ पालिकामा विजयी भएको छ । काँग्रेस बुंगल नगरपालिका, बित्थडचिर, खप्तडछान्ना र मष्टा गाउँपालिकामा विजयी भएको हो भने एमाले थलारा, तल्कोट र साइपाल गाउँपालिकामा विजयी भएको हो । माओवादीले भने दुर्गाथली गाउँपालिकामा जित हात पारेको हो ।

बुंगल नगरपालिका प्रमुखमा काँग्रेसका जयबहादुर धामी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा निर्वाचित भएका छन् भने बित्थडचिर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका अम्मरबहादुर महर निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि काँग्रेसकै धनलक्ष्मी कुमारी सिंह मल्ल निर्वाचित भएकी छिन् ।

खप्तडछान्ना गाउँपालिका अध्यक्षमा काँग्रेसका उत्तम रोकायाले जित हात पारेका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका विष्णु थापा  निर्वाचित भएका छन् ।

मष्टा गाउँपालिका अध्यक्षमा काँग्रेसका ज्ञानबहादुर बोहरा विजयी भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका हर्क धामीले जित हात पारेका छन् । थलारा गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश रोकाया निर्वाचित भएका छन् भने उपाध्यक्षमा काँग्रेसका राम खातीले जितेका छन् ।

तल्कोट गाउँपालिका अध्यक्षमा नेकपा एमालेका कलक बहादुर रोकायाले जित हात पारेका छन् भने उपाध्यक्षमा समेत नेकपा एमालेकै पार्वती भण्डारी निर्वाचित भएकी छन् ।

साइपाल गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर बोहरा र उपाध्यक्षमा एमालेकै डोल्मा तामाङ निर्वाचित भएका हुन् । दुर्गाथली गाउँपालिकामा माओवादी केन्द्रका दिलबहादुर थापा अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा काँग्रेसका जनक दौल्यालले जित हात पारेका हुन् ।

Tags:

सम्बन्धित समाचार