स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्र स्थानमा रहेका छन् ।
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अग्र स्थानमा रहेका छन् । ३०० मत गणना हुँदा उनले ७२ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंह ७० मत सहित दोस्रो स्थानमा छन् भने एमालेका केशव स्थापित ५९ मत सहित तेस्रो स्थानमा रहेका छन् । वडा नम्बर १ र ३२ बाट काठमाडौंको मतगणना सुरू भएको हो ।
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन् ।