बटुकको अर्थ साना बालक हुने हुँदा पनि बटुक भैरव, भैरवको बाल रूप हो भनेर बुझ्न सक्छौँ ।
ईस्वी छैटौँ शताब्दीमा लिच्छविकालीन राजा अंशुवर्माले बनाइएको भनिएको बटुक भैरव लगनखेलमा रहेको लगं थुर (अशोक स्तूप)को पूर्वतर्फ रहेको छ । बटुकको अर्थ साना बालक हुने हुँदा पनि बटुक भैरव, भैरवको बाल रूप हो भनेर बुझ्न सक्छौँ ।
दिल्लीमा रहेको बटुक भैरोंनाथलाई पाण्डवबाट निर्मित भन्ने गरिन्छ । सङ्कट मोचकका रूपमा पुज्ने गरिन्छ । रक्सी चढाउने गरिन्छ । लखनउको बटुक भैरवलाई सङ्गीतको देवताका रूपमा पुज्ने गरिन्छ ।
यहाँ पनि भैरवलाई रक्सी चढाउने गरिन्छ । त्यस्तै काशी, नैनीताल, मंडी, जयपुर, गुजरात तथा जोधपुरमा पनि बटुक भैरवको मन्दिर रहेको छ । नेपालमा पनि ललितपुरको लगनखेल, जुम्लाको खलङ्गा, भीमफेदी, दैलेख लगायत विभिन्न स्थानमा बटुक भैरवको मन्दिर रहेको छ ।