शुक्रबार , अषोज १४, २०७९

वीर अस्पताल अगाडि अब पार्क बन्ने

अब यो ठाउँमा बगैंचा निर्माण हुने बताइएको छ ।

image

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि संचालन हुँदै आएका फार्मेसीमा डोजर चलाएको छ । फार्मेसी सञ्चालन भएका ठाउँ बगैंचा (पार्क) बनाउने भनिएकोमा फार्मेसी चलाएको पाइएपछि महानगरले डोजर चलाएको हो ।

महानगरले वीर अस्पतालले भाडामा लगाउँदै आएको औषधि पसलको संरचनामाथि आज दिउँसो डोजर चलाएको छ । वीर अस्पतालले नक्सा पास गर्दा बगैंचा बनाउने भनेको जग्गामा फार्मेसी सञ्चालनमा थियो ।

मेयर बालेन शाहको सचिवालयका एक सदस्य भन्छन्, ‘अहिले जुन ठाउँमा ‌औषधि पसल राखिएको छ । त्यो ठाउँमा पार्क भनेर नक्सामा उल्लेख गरिएको छ । ’

यसअघि २०७६/०७७ मा नै वीर अस्पतालले उक्त जग्गा खाली गराउन खोजेको थियो । ६ वटाभन्दा धेरै फार्मेसी सञ्चालनमा रहेको ठाउँमा वीर अस्पतालकै आग्रहमा महानगरले डोजर चलाएको हो । अब यो ठाउँमा बगैंचा निर्माण हुने बताइएको छ ।

सम्बन्धित समाचार