स्थानीय तह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार अगाडी रहेका छन्
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवार अगाडी रहेका छन् ।
मेयर पदका काँग्रेसका उम्मेदवार खेलराज पाण्डे ५ ५५५ मत सहित अगाडी छन् भने एमालेका उम्मेदवार बाबुराम भट्टराईले ३७४१ मत ल्याएका छन् । राप्रपाका मृगेन्द्र कुमार शेरचनले १४०५ मत प्राप्त गरेका छन् ।
उपमेयरमा एमालेकी सावित्रा देवी अर्याल ४२५७ मत सहित शीर्ष स्थानमा रहेकी छिन् भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङ ३१४० मत सहित उनलाई पछ्याइरहेका छन् । राप्रपाकी भगवती पाण्डेले १८०८ मत प्राप्त गरेकी छिन् ।