मंगलबार , भाद्र ३०, २०८३

तनहुँको व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीमाथि हमला

तनहुँको व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीमाथि हमला भएको छ ।

image

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीमाथि हमला भएको छ । मतदान केन्द्र घुम्ने क्रममा रिस्ती पुगेका जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले हमला गरेका हुन् ।

उनी व्यास नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हुन् । काँग्रेस नेता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र व्यासमा जोशीको सवारीसाधन समेत तोडफोड गरिएको छ । हमलाबाट जोशीको टाउकोमा चोट लागेको छ ।

हाल जोशी प्रहरीको सुरक्षामा रहेको बताइएको छ ।

Tags:

सम्बन्धित समाचार