भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । उनले ९५५० मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी मेयर पदकी उम्मेदवार बिना बास्तोलाले ९१६० मत ल्याएकी छिन् । बास्तोला यसअघि चाँगुनारायण नगरपालिकाकी उपमेयर थिइन् ।
यस्तै चाँगुनारायण नगरपालिकाको उपमेयर पदमा नेकपा एमालेका उम्मेदवार रमेश बुढाथोकी निर्वाचित भएका छन् । उनले १११०७ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले ९०७६ मत ल्याएकी छिन् ।