सोमबार , फागुण १४, २०८०

जानु धितालको कवितासङ्ग्रह ‘छाउगोठकी आमा’ लोकार्पित

image

काठमाडौं ।  नेपाल स्रष्टा समाजले कवि जानु धितालको पहिलो कवितासङ्ग्रह ‘छाउगोठकी आमा’ को लोकार्पण भएको छ । वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा लगायतले संयुक्तरुपमा शनिबार सङ्ग्रहको लोकार्पण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले जानुका कवितामा नारीका दमित आवाज मुखरित भएको बताए ।

नारीका चेतनाका साथै समसामयिक विषयका छब्बीस  कविता रहेको ‘छाउगोठकी आमा’ बारेमा प्रा.डा. भरतकुमार भट्टराई , डा. शान्तिमाया गिरी र कवि स्नेह सायमीले समीक्षात्मक टिप्पणी गरेका थिए । कवि जानु धितालले सृजना यात्रामा सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै दुई लोकार्पित सङ्ग्रहका कविता वाचन गरेकी थिइन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको सो कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्ष विधान आचार्य र कवि माधव विडारीले मन्तव्य व्यक्त गरेका थिए ।

Tags:

सम्बन्धित समाचार