सिके राउत नेतृत्त्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचन अन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा जित हासिल गरेको छ
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहको निर्वाचन अन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा जित हासिल गरेको छ । मेयर पदका लागि जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझी ६४०७ मत सहित निर्वाचित भएका हुन् ।
उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहले ६२४६ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा साह ५७२० मत सहित मेयरमा निर्वाचित भएका थिए । त्यतीबेला माझीले ४३६५ मत प्राप्त गरेका थिए।
नगरपालिकाको उपमेयरमा सरिता सिपलिया यादव पुनः निर्वाचित भएकी छिन् । उनी ६५१२ मत सहित विजयी भएकी हुन् । अघिल्लो निर्वाचनमा पनि राजपाबाट ५४१७ मत सहित उनी उपमेयरमा निर्वाचित भएकी थिइन् ।