प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका दुई स्थानमा आज नेपाली काँग्रेसले चुनावी सभा गर्दैछ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका दुई स्थानमा आज नेपाली काँग्रेसले चुनावी सभा गर्दैछ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिका र परशुराम नगरपालिकामा सभा गरिन् लागिएको बताइएको छ ।
बिहान १० बजे अमरगढीको बागबजारस्थित बसपार्कमा र दिउँसो २ बजे परशुरामको जोगबुढामा पर्ने लालढुंगामा सभा आयोजना गर्न लागिएको जनाइएको छ ।
चुनावी सभामा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, सह महामन्त्री बद्री पाण्डे आदि नेताहरूको उपस्थिति रहने जनाइएको छ ।