मंगलबार , भाद्र ३०, २०८३

दैलेखको आठबीस नगरपालिकामा झडप : तीन जना घाइते

नेकपा एमाले र काँग्रेस कार्यकर्ताबिच दैलेखको आठबीस नगरपालिकास्थित भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ ।

image

काठमाडौं । नेकपा एमाले र काँग्रेस कार्यकर्ताबिच दैलेखको आठबीस नगरपालिकास्थित भैरव माध्यमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सो झडपमा तीन जना घाइते भएका छन् ।

दुर्गा थापा, कल्पना थापा र कमल थापा झडपमा घाइते भएको बताइएको छ । स्थानीयका अनुसार काँग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरुमाथी आक्रमण गरेपछि स्थिति तनावमय भएको थियो । सो ठाउँमा केही समयलाई मतदान स्थगित गरिएको छ भने थप सुरक्षाको व्यवस्था गरिएको छ ।

Tags:

सम्बन्धित समाचार