नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा उनकै उम्मेदवारलाई पछी पार्दै राप्रपाका उमेदवार राम थापा अगाडी बढीरहेका छन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा उनकै उम्मेदवारलाई पछी पार्दै राप्रपाका उमेदवार राम थापा अगाडी बढीरहेका छन् ।
अहिलेसम्म उनले ७८३० मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी गीता अधिकारी ७०२८ मत सहित उनलाई पछ्याईरहेकी छिन् । गठबन्धनबाट नगर उपप्रमुख पदका लागि कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले ७४७५ मत ल्याएकी छिन् भने एमालेका अम्बिका खनालले ६९३८ मत प्राप्त गरेका छन् ।
हालसम्म दमकका चारवटा वडाको मतगणना सकिएको छ । एमाले वडा नम्बर १, २ र ९ मा विजयी भएको छ भने वडा नम्बर १० मा कांग्रेस विजयी भएको छ ।
अहिले दमक ३ को गणना भइरहेको बताइएको छ ।