स्थानीय तह निर्वाचन अन्तर्गत झापाको दमक नगरकालिकाको नगर प्रमुख पदमा राप्रपाको उम्मेदवार निर्वाचित भएका छन्
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत झापाको दमक नगरपालिकाको नगर प्रमुख पदमा राप्रपाको उम्मेदवार निर्वाचित भएका छन् । राप्रपाका उम्मेदवार राम थापा १४ हजार ५७० मत प्राप्त गरी नगर प्रमुख बनेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर झापाको दमकमा सत्ता गठबन्धनले राप्रपालाई समर्थन गरेको थियो । थापाकी प्रतिस्पर्धी एमालेकी गीता अधिकारीले १३७०० मत प्राप्त गरेकी छिन् ।
उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले १३९३१ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी एमालेका अम्बिकाप्रसाद खनालले १३५३६ मत प्राप्त गरेका छन् ।