झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा अगाडी छन्
काठमाडौं । झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार राम थापा अगाडी छन् । पहिलोपटक एमाले उम्मेदवारलाई पछि पार्दै उनी अगाडी बढेका हुन् ।
थापाले १९६८ मत ल्याएका छन् भने एमाले उम्मेदवार गीता अधिकारीले १९४० प्राप्त गरेकी छिन् । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईको १९३१ र एमालेका अम्बिकाप्रसाद खनालको १७५६ मत रहेको छ ।
३९ हजार ९४९ मत खसेको दमकको ४५४१ मत गणना भइसकेको छ । सत्ता गठबन्धनका दलहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका थापालाई समर्थन गरेका छन् ।