शुक्रबार , मंग्सिर २३, २०७९

मान्छेलाई दशैं, कुकुरलाई दशा

दशैंमा कुकुरले अनैतिक व्यवहार देखाउनुको पछाडि उनीहरूले खान नपाउनु, उनीहरूको व्यवस्थापन नगरिनु नै हो ।

image

जापानमा टोको नाम गरेका एक व्यक्ति मानिसबाट कुकुर बनेको घटना तपाई‌ंलाई पत्यार नलाग्ला तर यो घटना सत्य हो । सानै देखि कुकुर बन्ने सपना देखका उनले कुकुरको जीवन भोग्न २० लाख खर्च गरेको छन् । उनले आफू कुकुर बने पछिका तस्वीर समेत सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

यी बाहेक कुकुर पाल्दा विभिन्न फाइदा हुने चिकित्सकले पनि बताउने गर्छन् । जसमा कुकुर सँग १५, २० मिनेट खेल्ने हो भने मानसिक रोग घट्ने अर्थात् चिन्ता कम हुने खुशी बढाउने, निराश हटाउने, मुटु रोगको जोखिम घटाउने, एक्लोपना तथा तनाव (डिप्रेशन)बाट मुक्त हुन समेत मद्दत पुग्ने उनीहरूको भनाई छ ।

यस्तोमा केही तथ्याङ्कले काठमाडौँमा एक लाख भन्दा बढी कुकुर रहेको जानकारी दिएको छ । कोरोना महामारी पछि कतिपय मान्छेले काठमाडौँमा कुकुर छोडेको पनि तथ्य छ । जसले गर्दा पनि यहाँ कुकुरहरुको स‌ंङ्ख्या निरन्तर बढिरहेको छ ।

लकडाउनको समयमा स्वयम्भू चैत्य आसपास देखिएका भोका कुकुरहरू

काठमाडौँमा अहिले दुई थरी कुकुर रहेका छन् । एक घर पालुवा कुकुर छन् भने अर्को छाडा छोडिएका कुकुर छन् । दशैंको मुखमा अधिकांश मानिस शहर बाट गाउँ जाने प्रचलन नेपालमा बढ्दो छ । शहरमा घरमा पालिएका कुकुर काम गर्ने मान्छेको भरमा छोडिदिने गर्दछन् भने बाहिर हिँडडुल गर्ने सामान्य कुकुरहरूले खान पाउँदैनन् ।

घरमा पालिएका कुकुरहरुले उचित स्याहारसुसार नपाउनु र छाडा छाडिएका कुकुरले पनि यस दशैंको बेलामा खानेकुरा खोज्दै हिँड्ने गर्दछन् । जसले गर्दा खानेकुरा नपाएपछि उनीहरू एकआपसमा जुँध्ने, मानिसलाई मात्र नभएर उनीहरूले अन्य प्राणीहरूलाई टोक्ने गर्दछन् । यसरी छाडा छोडिएका कुकुरहरूको उचित रेखदेख नगरिएको हुँदा अझ दशै‌ंको समयमा उनीहरूले यस्तो व्यवहार देखाउँदा सतर्क हुनुपर्ने हुन्छ ।

दशैंमा कुकुरले अनैतिक व्यवहार देखाउनुको पछाडि उनीहरूले खान नपाउनु, उनीहरूको व्यवस्थापन नगरिनु नै हो । यस्तोमा खानाको खोजीमा हिँडेका र खान नपाएका कुकरहरूलाई व्यवस्थित गर्न विभिन्न अभियान चलाइनु आवश्यक देखिन्छ ।

पृथ्वीमा मानिसलाई जति नै अन्य जीव जनावरलाई पनि बाँच्न पाउने समान अधिकार छ । उनीहरूको अधिकार मानिसले नै रक्षा गरिदिनुपर्छ । यी दशैंको समयमा मात्र नभएर अन्य समयमा पनि कुकुर व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।

यो पनि पढ्नुहोस्;

काठमाडौंका परेवाहरू के खाइरहेका छन् ? 

सम्बन्धित समाचार