मंगलबार , भाद्र ३०, २०८३

धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनयकुमार यादव

धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन्

image

काठमाडौं । धनुषाको नगराइन नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् । नगर प्रमुख पदका लागि काँग्रेस पदका उम्मेदवार विनयकुमार यादवले ५५५६ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका रामबाबु पञ्जियारले ५५१४ मत प्राप्त गरेका थिए । त्यसैगरि उपप्रमुख पदका लागि एमालेकी उम्मेदवार राधादेवी यादवले ५७३० मत ल्याएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी काँग्रेसकी रञ्जुकुमारी साहले ५५२३ मत ल्याएकी थिइन् ।

Tags:

सम्बन्धित समाचार