मंगलबार , अषोज ६, २०८३

फेकोफनले विभिन्न जिल्लामा सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम गर्दै

image

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले विभिन्न जिल्लामा ‘सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम’ आयोजना गरेको छ । सामुदायिक वनले गर्ने विभिन्न प्रकारका कामहरुलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन महासंघले हालसालै सामुदायिक वन डाटा पोर्टलको अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो  । 

यस कार्यक्रममार्फत पालिकाहरूलाई आफू मातहत रहेका सामुदायीक वनको अवस्था मूल्यांकन गर्न सहज हुने मकवानपुर, काभ्रे लगायतका जिल्लामा कार्यक्रम सहजीकरण गरेका सुजन खनालले बताए । “सामुदायिक वनको सामाजिक नक्सा, धरघुरी, वन व्यवस्थापन, वनको विविधता, गैह्रकाष्ठ वनपैदावार, वन पैदावार वितरण, सामाजिक काम, महिला सहभागिता, साधारणसभा लगायतका विषयहरुलाई कसरी अनलाईन प्रणालीको माध्यमबाट राख्न सकिन्छ भन्ने विषयमा कार्यक्रममार्फत जानकारी गराइएको हो’, उनले बताए । 

काभ्रेको धुलिखेल नगरपालिका र पनौती नगरपालिका, दोलखाको जिरी नगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, गढी नगरपालिका, बकैया गाउँपालिका र मनहरी नगरपालिका, सर्लाहीको बागमती नगरपालिका र लालीगुराँस नगरपालिका लगायतका पालिका प्रमुख, उपप्रमुखको साथसाथै वन तथा वातावरण विभाग, आइटी सेक्सनका पदाधिकारीहरूको कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा विभिन्न सामुदायिक वन र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुको समेत  सहभागिता रहेको थियो ।

“सामुदायीक वनको हैसियत कस्तो छ, आदिवासीको अवस्था कस्तो छ, कसरी संरक्षण गर्न सकिन्छ  भन्ने  विषयमा जुन कार्यक्रम भयो निकै गुणस्तरको भयो । वनमा आश्रित व्यक्तिहरूको आर्यआर्जन बढाउने एवम् देशभरका सम्पूर्ण सामुदायीक वनहरूको अवस्था अनलाइनमार्फत बुझ्न पाइने बनाउनुभएको छ, यसको लागि उहाँहरूलाई निकै धन्यवाद”, कार्यक्रममा सहभागी मकवानपुरको बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले बताए ।  

Tags:

सम्बन्धित समाचार