शुक्रबार , फागुण १८, २०८०

राजारानीले फिल्म हेर्ने दरबारभित्रको त्यो फिल्म हल

सामान्यतया राति आठ बजेदेखि हलमा चलचित्र शुरु हुन्थ्यो । चलचित्र कति लामो छ त्यसको आधारमा भोजनको समय निर्धारण हुन्थ्यो ।

image

काठमाडौं । नेपालमा चलचित्र हलको इतिहास त्यति लामो छैन । तर दरबारभित्र रंगमञ्चको चलन भने धेरै पहिलेदेखि सुरु भएको हो । तर दरबारको तर्फबाट नै चलचित्र हेर्ने चलन भने पञ्चायत कालमा नै सुरु भएको हो । जुन अहिले नारायणहिटी संग्रहालय रहेको भवनमा रहेको चलचित्र भवनले पनि यसलाई जनाउने गर्छ ।

 दरबारभित्र हरेक कोठाकोठालाई छुट्टाछुट्टै जिल्लाको नामबाट चिनाउने गरिन्छ । त्यसैमध्ये एउटा प्युठान नामको कोठा छ जुन आधुनिक चलचित्र घरको मोडलमा चलेको चलचित्र हल हो । वि.सं. २०२० सालमा शुरु भएर २०२६ मा निर्माण सम्पन्न भएको नारायणहिटी दरबारभित्रको चलचित्र घर कहिले बन्यो भन्ने यकिन रेकर्ड भेटिंदैन । तर यो हलको नाम र यसको ढोकामा लेखिएको नामको आधारमा भने दरबार निर्माणको समयमै हल बनाएको अनुमान गर्न सकिने संग्रहालयका कर्मचारीहरु बताउँछन् । सो क्रममा यसमा पछितिरबाट प्रवेश गर्ने द्वारको नाम ‘ल्होत्से’ र हल रहेको कोठाको नाम ‘प्युठान’ राखिएकोबाट पनि यो हल दरबार निर्माणको क्रममा नै बनेको थियो कि भनेर अनुमान गर्न सकिने नारायणहिटी दरबार संग्रहालयका अधिकारीहरु बताउँछन् ।

मझौला सिनेमा घर, मोटामोटी आरामदायक सिनेमा घरकै प्रारुपमा रहेको छ। दरबारको हलमा सप्ताहन्त सिनेमा देखाइन्थ्यो । राजा–रानी र उनका नातेदारले त्यहाँ बसेर बजारमा रिलिज भएका सिनेमा हेर्थे । राजपरिवार बाहेकलाई त्यहाँ एउटा शर्त लागू हुन्थ्यो । नारायणहिटी दरबारभित्रको यो चलचित्र घरसँग जोडिएका थुप्रै रमाइला किस्साहरु छन् । यो एउटा नितान्त फिल्म हल हो । यसमा अन्य सांस्कृतिक कार्यक्रम भएको जानकारीमा नआएको तत्कालीन राजप्रसादका कर्मचारीहरु बताउँछन् । तर फिल्म हल भए पनि यसभित्र प्रवेश गर्नेले मान्नुपर्ने धेरै अनुशासनहरु थिए ।सामान्यतया राति आठ बजेदेखि हलमा चलचित्र शुरु हुन्थ्यो ।

चलचित्र कति लामो छ त्यसको आधारमा भोजनको समय निर्धारण हुन्थ्यो । चलचित्र सकिएपछि हलका सबैजना त्रिभुवन सदनतिर लाग्थे । रात्रि भोज चल्थ्यो । अनि सकिन्थ्यो त्यो विशेष समारोह ।११६ सिट क्षमताको उक्त हलमा चलचित्र हेर्नेबाहेक अन्य सांस्कृतिक क्रियाकलापहरु गर्ने गरिंदैनथ्यो । चलचित्र हेर्दा हलको बीचमा राजा–रानी र राजपरिवारका सदस्यहरु बस्नको लागि सोफा राखिएको हुन्थ्यो, जुन अहिले पनि देख्न सकिन्छ । अगाडिका ७२ वटा सिटहरु राजपरिवारका आफन्त एवं निजी कर्मचारीको लागि छुट्याइन्थे ।

राजा–रानीको पछाडि एडीसी र दरबारका अन्य सीमित कर्मचारीहरुको लागि कुर्सी राखिएको हुन्थ्यो । यसरी एउटा सानो चलचित्र हलले नेपाली चलचित्रकर्मीलाई उत्प्रेरणा जगाउनमा ठूलो भूमिका खेलेको थियो ।

Tags:

सम्बन्धित समाचार