आइतबार , फागुण १३, २०८०

घले गाउँ यसरी बन्यो ‘टुरिस्ट हब’ (भिडियो अन्तर्वार्ता) 

image

नेपालमा ग्रामीण पर्यटनको कुरा गर्ने बित्तिकै अग्रपङ्क्तिमा आउने नाम हो, घले गाउँ । लमजुङ जिल्लाको उत्तरपश्चिममा पर्ने क्व्होलासोथार गाउँपालिकामा अवस्थित घले गाउँ नेपालकै पहिलो स्मार्ट भिलेज हो । यो सुन्दर घले गाउँ सार्क राष्ट्रको ‘नमुना गाउँ’को रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घले गाउँ करिब छ सय वर्ष पुरानो मानव बस्ती हो । लमजुङको यस घले गाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । यो गाउँ गुरुङ समुदायको अत्यधिक बसोबास भएको गाउँ हो । यस गाउँलाई सन् २०२२ को अप्रिलमा सुखी गाउँ घोषणा गरिएको  थियाे । यो सुखी मानिसहरू बस्ने गाउँ हो । 

वर्षा ऋतुले बिदा लिएर शरद ऋतुको प्रवेशसँगै घले गाउँमा पाहुनाको लर्को लाग्न थाल्छ । प्राकृतिक सुन्दरता नियाल्न, ग्रामीण जीवन र जीवनशैली अनि घले-गुरुङ संस्कृतिको अवलोकन गर्न पर्यटकहरू घले गाउँ पुग्छन् । घले राज्य, गुरुङ र घले समुदायको इतिहास र संस्कृतिको अध्ययनका लागि पनि पर्यटकहरू घले गाउँ पुग्ने गरेका छन् । घले गाउँमा सञ्चालन भएको घरबास कार्यक्रमको जानकारी लिन जानेको सङ्ख्या पनि कमी हुँदैन । 

करिब दुई दशक अघिसम्म गुमनाम बसिरहेको एउटा बस्ती दक्षिण एसियाकै नमुना गाउँ कसरी बन्यो ? त्यत्ति मात्रै नभएर नेपालकै पहिलो स्मार्ट भिलेज सुखी गाउँको परिचय कसरी बनायो ? घले गाउँको इतिहास, संस्कृति, प्राकृतिक सुन्दरता, घरबास(होमस्टे) सञ्चालन प्रक्रिया र गाउँको वर्तमान पर्यटकीय गतिविधि लगायत विषयमा केन्द्रित रहेर घले गाउँ पर्यटन विकास समितिका सचिव उमल बहादुर विकसँग चन्द्र तामाङले गरेको भिडियो संवाद:-

भिडियो

सम्बन्धित समाचार